नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्न सांसद पुनको आग्रह

  • Technology Khabar | २९ बैशाख २०८३, मंगलवार
नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्न सांसद पुनको आग्रह
सांसद पुन काठमाडौँ, २९ वैशाख : सङ्घीय संसद् प्रतिनिधिसभाको मङ्गलबार सिंहदरबारस्थित संसद् भवनमा बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै सांसद महावीर पुन। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं ।

स्वतन्त्र सांसद महावीर पुनले नवप्रवर्तन र विज्ञान अनुसन्धानलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष बैठकमा बोल्दै उनले यसअघि आफू सरकारमा हुँदा नवप्रवर्तन र विकास अनुसन्धानका लागि अध्यादेश ल्याउन प्रयास गरेको अवगत गराए। यो आफ्नो माग भएको र यसमा काम गर्न सरकारसँग उनले आग्रह गरे। साथै उनले विज्ञान प्रविधि, नवप्रवर्तन र अनुसन्धानसम्बन्धी छुट्टै मन्त्रालय गठन गर्नुपर्ने माग गरे।

उनले आफू विसं २०८२ फागुन २१ गतेको निर्वाचन गराउने सरकारको मन्त्री रहेको बताउँदै त्यही सरकारले गरेको निर्वाचनबाट नै वर्तमान संसद् र सरकार बनेको उल्लेख गरे।

तत्कालीन अवस्थामा आफूले ल्याउन खोजेका तीनओटा अध्यादेश मध्ये शिक्षालाई राजनीतिबाट मुक्त गर्नका लागि विश्वविद्यालयसम्बन्धी अध्यादेश वर्तमान सरकारले उक्त अध्यादेश ल्याएको बताउँदै कुलपति भने प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने माग गरे। रासस

प्रकाशित: २९ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार