
काठमाडौं ।
परीक्षाको नतिजा, परीक्षा केन्द्र, फाराम भर्ने म्याद आदिको जानकारी दिन
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याएको छ।
यसअघि विभिन्न व्यक्ति तथा समूहले आफूखुशी पेज खोलेर आवश्यक अनावश्यक सूचना र जानकारी राख्ने प्रवृत्ति बढेको थियो। त्यसो हुँदा त्यहाँ राखिएका सूचनाको आधिकारिकता र जिम्मेवारी दुवै थिएन।
तर विद्यार्थीहरुले यस्तै पेजहरुलाई सूचनाको स्रोत बनाएपछि अब भने कारेयालय आफैंले आवश्यकता महसुस गरी आधिकारिक पेज सञ्चालनमा ल्याएको हो। यसमा राखिने सूचना अब कार्यालयको वेबसाइटमा राखिए झैं आधिकारिक हुनेछन् भने केही समस्या आइपरे पनिका स्वयं जिम्मेवार हुनेछ।
पनिकाले सञ्चालनमा ल्याएको आधिकारिक पेज TU Office of the Controller of Examinations हो। सम्पर्क गर्नका लागि पेजमा फोन नम्बर ०१-५६७२७८३ र आधिकारिक ईमेल ठेगाना [email protected] पनि उपलब्ध गराइएको छ।

प्रकाशित: २७ बैशाख २०८३, आईतवार