एक्सबक्स मोड अब विन्डोज ११ मा रोल आउट गरिँदै

  • Technology Khabar | २१ बैशाख २०८३, सोमबार
एक्सबक्स मोड अब विन्डोज ११ मा रोल आउट गरिँदै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

माइक्रोसफ्टले केहीबजारहरूमा एक्सबक्स मोडलाई विन्डोज ११ मा रोल आउट गर्न सुरु गरेको आधिकारिक रूपमा घोषणा गरेको छ। यो डेस्कटप, ल्यापटप र ट्याब्लेटहरूमा उपलब्ध हुनेछ भने “पहिले भन्दा धेरै खेलाडीहरूलाई कन्सोल–प्रेरित एक्सबक्स अनुभव” ल्याउने वाचा गर्दछ।

खेलको लागि निर्मित कन्ट्रोलर–अप्टिमाइज्ड फुल स्क्रिन एक्सपिरियन्सको साथ एक्सबक्स मोडले सहज रुपमा खेलहरूमा पहुँच प्रदान गर्नेछ। एक्सबक्स मोडको “स्ट्रिमलाइन्ड इन्टरफेस” ले प्रयोगर्ताको पुस्तकालय र हालसालै खेलिएका टाइटल्स (खेलहरू) लाई सजह पहुँचमा राख्नेछ भने पृष्ठभूमि अवरोधहरूलाई पनि कम गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

एक्सबक्स मोडले प्रयोगर्तालाई आफ्नो कन्ट्रोलरबाट खेलहरू ब्राउज गर्न र लन्च गर्न दिनुका साथै प्रयोगर्ताले एक्सबक्स गेम पासबाट पूर्ण खेल सूची, “अग्रणी पीसी स्टोरफ्रन्टहरूबाट इन्स्टल गरिएका खेलहरू” सहित एक समग्र खेल पुस्तकालय पहुँच गर्न सक्ने छन्।

प्रयोगर्ताले एक्सबक्स मोड र विन्डोज ११ डेस्कटप बीच सहज रुपमा चयन गर्न सक्ने छन्। एक्सबक्स मोड पहिलो पटक विन्डोज ह्यान्डहेल्डहरूमा प्रस्तुत गरिएको थियो र “फुल स्क्रिन एक्सपिरियन्स” को रूपमा चिनिन्थ्यो। प्रारम्भिक फिचर सेटको बारेमा माइक्रोसफ्टले खेलाडीहरूबाट प्राप्त गरेको प्रतिक्रियाले “विन्डोज ११ पीसीहरूमा सिधै एक्सबक्स मोडलाई आकार दिएको” कम्पनीले बताएको छ।

आफ्नो विन्डोज ११ पीसीमा एक्सबक्स मोड प्राप्त गर्नको लागि सेटिङ्स भत्रि विन्डोज अपडेटमा गएर “उपलब्ध हुने बित्तिकै नयाँ अपडेटहरू प्राप्त गर्नुहोस्” सक्रिय गर्नु पर्नेछ। तर यसले प्रयोगर्ताको डिभाइसको लागि सुविधाको उपलब्धताको तुरुन्तै ग्यारेन्टी नगर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गर्दै माइक्रोसफ्टले “आगामी केही हप्ताहरूमा” एक्सबक्स मोडको पहुँच बिस्तारै विस्तार गर्ने बताएको छ।

प्रकाशित: २१ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...