ताजा समाचार

सामसङ ग्यालेक्सी ए५४ ले प्राप्त गर्यो वान यूआई ८.५ बीटा २ अपडेट

सामसङ ग्यालेक्सी ए५४ ले प्राप्त गर्यो वान यूआई ८.५ बीटा २ अपडेट
फोटो सौजन्यः जीएसएमएरिना
Global IME Bank

सामसङले केही दिन अघि ग्यालेक्सी एस२३ सिरिज, ग्यालेक्सी जेड फ्लिप५, ग्यालेक्सी ए३६, र ग्यालेक्सी ए३५ को लागि वान यूआई ८.५ बीटा २ अपडेट जारी गरेको थियो। अब भने ब्रान्डले दोस्रो वान यूआई ८.५ बीटाको रोलआउट ग्यालेक्सी ए५४ मा विस्तार गरेको छ।

ग्यालेक्सी ए५४ को लागि वान यूआई ८.५ बीटा २ अपडेट फर्मवेयर संस्करण ए५४६ईएक्सएक्सयूजेजेडजेडडी९ सँग आउने र लगभग ५००एमबीको डाउनलोड आवश्यक पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

थप विवरणहरूको लागि तल वान यूआई ८.५ बीटा २ अपडेटको चेन्जलग यस प्रकार छ:

  • ब्लुटुथ सेटिङहरू इन्टर गर्दा ब्लुटुथ अटो स्क्यानले काम नगर्ने समस्या समाधान।
  • क्यामरा फङ्गसन स्टेबिलाइजेशन।
  • क्विक प्यानलमा ब्राइटनेस र भोल्युम समायोजन अवरोध भएको समस्या समाधान।
  • सामसङ टीटीएस इन्जिनलाई सधैं पूर्वनिर्धारित रूपमा प्रयोग गर्न डाइरेक्ट भ्वाइसमेल सुविधा सुधार।

यो अपडेट हाल भारतमा सीडिङ भइरहेको छ। यदि वान यूआई ८.५ बीटा कार्यक्रममा भर्ना भएर आफ्नो ग्यालेक्सी ए५४ मा दोस्रो बीटा अपडेट प्राप्त नगरेको खण्डमा भने यसको सेटिङहरू भित्र सफ्टवेयर अपडेट मेनुमा नेभिगेट गरेर म्यानुअल रूपमा त्यसको जाँच गर्न सकिने छ।

Sajilo Visa
easy care