मोटोरोला मोटो जी४७ घोषणा

  • Technology Khabar | २० बैशाख २०८३, आईतवार
मोटोरोला मोटो जी४७ घोषणा
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

मोटोरोलाले मोटो जी३७, मोटो जी३७ पावर, मोटो जी८७ र रेजर ७० सिरिजका तीन स्मार्टफोनसँगै मोटो जी४७ को घोषणा गरेको छ।

मोटोरोला मोटो जी४७ मा डाइमेन्सिटी ६३०० एसओसी र ८ जीबीको एलपीडीडीआर४एक्स र्याम समावेश गरिएको छ। स्मार्टफोनमा २५६ जीबीसम्मको यूएफएस२.२ स्टोरेज छ भने माइक्रोएसडी कार्ड मार्फत १ टीबीसम्म विस्तार गर्न सकिने छ।

सफ्टवेयर तर्फ हेलो यूएक्सको साथ एन्ड्रोइड १६ समावेश गरिएको छ। तर मोटो जी४७ ले कतिओटा एन्ड्रोइड संस्करण अपग्रेड र सुरक्षा अपडेटहरू प्राप्त गर्नेछ भन्ने बारेमा मोटोरोलाबाट कुनै जानकारी प्राप्त नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

मोटोरोला मोटो जी४७ मा अगाडि १२० हर्ज रिफ्रेस रेट र गोरिल्ला ग्लास ७आई सुरक्षा सहितको ६.६७ इन्चको फुलएचडी+ एलसीडी रहेको छ। डिस्प्लेमा ८ मेगापिक्सेलको सेल्फी क्यामराको लागि पञ्च–होल पनि रहेको छ।

पछाडिको भागमा चारओटा सर्कलहरू भएको स्क्वायरकल आकारको क्यामरा आइल्याण्ड रहेको छ। उक्त आइल्याण्डमा एउटा फ्ल्यास, १०८ मेगापिक्सेलको प्राथमिक क्यामरा (३× जुम), २ मेगापिक्सेलको म्याक्रो भिजन क्यामरा र एम्बियन्ट लाइट सेन्सरका साथै फ्लिकर डिटेक्टरलाई संयोजन गर्ने २–इन–१ लाइट सेन्सर रहेका छन्।

डिभाइसमा २०वाट वायर्ड र ६वाट रिभर्स वायर्ड चार्जिङ समर्थन गर्ने ५,२०० एमएएच ब्याट्री रहेको छ।

मोटो जी४७ को अन्य स्पेसिफिकेसनहरूमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, डल्बी एटमस सहितको स्टेरियो स्पिकरहरू, हाई–रेज अडियो (वायर्ड मात्र), ३.५एमएम हेडफोन ज्याक र एनएफसी समावेश छन्। जी४७ मा आईपी६४ रेटिङ, वाटर टच सपोर्ट, एमआईएल–एसटीडी–८१०एच प्रमाणीकरण, र ईसिम समर्थन पनि छ।

मोटो जी४७ प्यान्टोन इम्पेनेट्रेबल, प्यान्टोन नटिकल ब्लू र प्यान्टोन फुसिया रेड गरि तीन रङ्गहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ। यो आगामी हप्ताहरूमा युरोप, एमईटीए, एशिया प्रशान्त र चुनिएका विश्वव्यापी बजारहरूमा उपलब्ध हुनेछ। तर मोटो जी४७ को मूल्य विवरणको बारेमा भने अझै खुलासा गरिएको छैन।

प्रकाशित: २० बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...