सामसङ फाउन्ड्रीले ४एनएम चिप्समा ८० प्रतिशत उत्पादन दर पार गर्योः रिपोर्ट

  • Technology Khabar | १८ बैशाख २०८३, शुक्रबार
सामसङ फाउन्ड्रीले ४एनएम चिप्समा ८० प्रतिशत उत्पादन दर पार गर्योः रिपोर्ट
सामसङ इलेक्ट्रोनिक्सको प्योङटेक क्याम्पस। फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङ फाउन्ड्रीले आफ्नो ४एनएम फिनएफईटी प्रोसेस प्रोडक्सनमा महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेको दक्षिण कोरियाबाट आएको एउटा नयाँ रिपोर्टले बताएको छ।

एसईडेलीका अनुसार सामसङ फाउन्ड्रीले आफ्नो ४एनएम प्रोसेसको लागि ८० प्रतिशत उत्पादन दर पार गरेको र अब यो प्रक्रिया परिपक्वताको चरणमा पुगेको उल्लेख गरिएको छ।

यो विकासले सामसङलाई ठूला प्राविधिक फर्महरूबाट हाल सम्मको उच्च मेमोरी चिप माग पूरा गर्न प्रतिद्वन्द्वी टीएसएमसीसँग प्रतिस्पर्धा गर्न सक्ने स्थानमा पुर्याएको छ।

५एनएम र ७एनएम चिपहरू उत्पादन गर्ने सामसङ इलेक्ट्रोनिक्सको प्योङटेक क्याम्पसले अब एआई एक्सेलेरेटरहरूका साथै अटोमोटिभ र मोबाइल टेक क्षेत्रका ग्राहकहरूलाई आफ्नो ४एनएम चिपहरू आपूर्ति गर्न तयार भएको उल्लेख गरिएको छ।

सामसङ फाउन्ड्रीको ४एनएम प्रोसेस छैटौं पुस्ताको एचबीएम४ मेमोरी चिपहरूको लागि आधार डाइको रूपमा पनि विशेष रूपमा प्रयोग गरिने बताइएको छ।

६ वर्षदेखि ४एनएम चिप्सको ठूलो मात्रामा उत्पादन गर्दै आएको सामसङको अब परिपक्व ४एनएम प्रोसेसले कम्पनीलाई बढ्दो मेमोरी मूल्यको प्रहारलाई सीमित गर्न र यो वर्षको उत्तरार्धमा नाफामा फर्कन मद्दत गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १८ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...