भल्भको स्टीम कन्ट्रोलरको मूल्य र उपलब्ध हुने मिति खुलासा

  • Technology Khabar | १७ बैशाख २०८३, बिहीबार
भल्भको स्टीम कन्ट्रोलरको मूल्य र उपलब्ध हुने मिति खुलासा
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

भल्भले स्टीम कन्ट्रोलरको बारेमा खुलासा गरेको छ।

स्टीम कन्ट्रोलर मे ४ मा स्टीम स्टोरबाट ९९ अमेरिकी डलर-९९ यूरोमा उपलब्ध हुने भएको छ। स्टीम कन्ट्रोलर म्यागनेटिक थम्बस्टिक, “सम्पूर्ण स्टीम लाइब्रेरी प्ले गर्न” इनपुटहरूको पूर्ण सेट, “हाई डेफिनिशन रम्बलको लागि” चारओटा ह्याप्टिक मोटरहरू र ८.३९वाटआवर ब्याट्रीको साथ आउने बताइएको छ।

साथै यो एक पटकको चार्जमा ३५ घण्टा भन्दा बढी समयसम्म टिक्नुपर्ने जीएसएमएरिनाले रिपोर्ट गरिएको छ।

बक्समा रहेको स्टीम कन्ट्रोलर पकले प्लग–एन्ड–प्ले लो–लेटेन्सी वायरलेस कनेक्सनका साथै सहज म्यागनेटिक चार्जिङ सक्षम बनाउँछ। स्टीम कन्ट्रोलरलाई ब्लुटुथ र यूएसबी मार्फत पनि कनेक्ट गर्न सकिने पक प्रयोग गर्नु नपर्ने उल्लेख गरिएको छ।

स्टीम कन्ट्रोलरले स्टीम मेसिन, विन्डोज, म्याक र लिनक्स कम्प्युटरहरूका साथै स्टीम वा स्टीम लिङ्क एप चलाउने ट्याब्लेट र स्मार्टफोनहरूसँग काम गर्दछ।

स्टीम कन्ट्रोलरले डक गरिएको वा नगरिएको स्टीम डेकलाई पनि समर्थन गर्दछ। स्टीम कन्ट्रोलरलाई स्टीम फ्रेमको क्यामराहरूद्वारा ट्र्याक गर्न सकिने भएकाले यसलाई भर्चुअल स्क्रिनमा नन्–भीआर खेलहरू खेल्न प्रयोग गर्न सकिने बताइएको छ।

प्रकाशित: १७ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार