कस्टम चिपसेट भएको ओपनएआई स्मार्टफोन विकासमा छः कुओ

  • Technology Khabar | १७ बैशाख २०८३, बिहीबार
कस्टम चिपसेट भएको ओपनएआई स्मार्टफोन विकासमा छः कुओ
फोटो सौजन्यः मिङ्ग–ची कुओ

काठमाडौं ।

ओपनएआईले वास्तविक एजेन्टिक एआई क्षमताहरू सहितको एउटा स्मार्टफोन विकास गरिरहेको विश्लेषक मिङ्ग–ची कुओको नयाँ रिपोर्ट बाहिरिएको छ।

यो डिभाइसले २०२८ मा बृहत उत्पादनमा प्रवेश गर्ने र डिभाइसमा एआई क्षमताहरू प्रदान गर्नेछ भने थप डिमाण्डीङ टास्क क्लाउडमा पठाइने रिपोर्ट गरिएको छ।

ओपनएआई हाल मिडियाटेक र क्वालकम दुवैसँग मिलेर आफ्नो आगामी स्मार्टफोनको लागि कस्टम चिपसेट विकास गर्न काम गरिरहेको कुओले बताएका छन्। साथै रिपोर्टले डिभाइसको लागि विशेष सह–डिजाइनर र निर्माण साझेदारको रूपमा लक्सशेयरको बारेमा उल्लेख गरेको छ।

ओपनएआईको स्मार्टफोनले परिचित एप–आधारित यूआई त्याग्ने र त्यसको सट्टा “टास्क स्ट्रिम” प्रदान गर्ने कुओले बताएका छन्। यो इन्टरफेसले कार्यहरू र तिनीहरूको स्थिति सिधै स्टार्ट स्क्रिनमा प्रदर्शन गर्ने एकीकृत रूप प्रस्तुत गर्ने उल्लेख गरिएको छ। रिपोर्ट अनुसार, ओपनएआईले तेस्रो–पक्ष विकासकर्ताहरूको सहयोगमा एक नयाँ एजेन्टिक एआई इकोसिस्टम विकास गर्ने अपेक्षा गरिएको छ।

कुओको पोस्टमा ओपनएआई स्मार्टफोनले “प्रयोगकर्ताको सन्दर्भलाई निरन्तर बुझ्न आवश्यक पर्दछ” भनेर उल्लेख गरिएको र त्यसले सम्भवतः चिपसेट स्तरमा अलवेज–अन कार्यक्षमतालाई संकेत गर्ने बताइएको छ। ओपनएआईले आफ्नो केही एआई सदस्यताहरू स्मार्टफोनसँग बन्डल गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १७ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...