सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गराउने सरकारको निर्णय

  • Technology Khabar | १४ बैशाख २०८३, सोमबार
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गराउने सरकारको निर्णय

काठमाडौं ।

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

यसैगरी मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ। हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही वैशाख १८ गते अवकाशमा जाँदै छन्।

बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित: १४ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार