
काठमाडौं ।
सामसङले ग्यालेक्सी एस२६ सिरिजको साथ प्रस्तुत गरेको एउटा सुविधा अब वान यूआई ८.५ को लागि योग्य केही पुराना ग्यालेक्सी स्मार्टफोनहरूमा उपलब्ध हुने भएको छ। डकुमेण्ट स्क्यान भनिने सुधारिएको डकुमेण्ट स्क्यानिङ सुविधा अब पुराना ग्यालेक्सी स्मार्टफोनहरूमा उपलब्ध हुने भएको छ।
पहिले डकुमेण्टहरूको धेरै तस्बिरहरू क्लिक गर्दा तिनीहरू सिङ्गल पीडीएफ डकुमेण्टको रूपमा सेभ हुने थिएनन्। सामसङले डकुमेण्ट स्क्यानको साथ यो कार्य सम्भव बनाएको र सामसङ ग्यालेक्सी एस२६ प्रयोगकर्ताहरूका लागि उपलब्ध भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी सामसङले प्रयोगकर्ताहरूलाई उनीहरूको फोनको होमस्क्रिनमा यो सुविधाको सर्टकट थप्न अनुमति दिएर डकुमेण्ट स्क्यान पहुँच गर्न पनि सजिलो बनाएको छ। त्यसको लागि फोनको पूर्वनिर्धारित क्यामरा एप खोलेर क्यामरा सेटिङ्स>स्क्यान>डकुमेण्ट स्क्यानमा गएर “एप्स स्क्रिनमा डकुमेण्ट स्क्यान थप गर्नुहोस्” विकल्पको छेउमा रहेको टगल अन गर्नु पर्नेछ।
डकुमेण्ट स्क्यान सुविधा ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२५+, ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५ एज, ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ मा वान यूआई ८.५ सहित उपलब्ध हुँदैछ। त्यसैले सामसङले यी डिभाहसहरूको लागि स्टेबल वान यूआई ८.५ जारी गर्दा यी डिभाइसहरूका सबै प्रयोगकर्ताहरूले यो सुविधालाई प्रयोग गर्न सक्षम हुनेछन्।
प्रकाशित: १४ बैशाख २०८३, सोमबार