
काठमाडौं ।
आफ्नो गेमर–केन्द्रित जीटी ३० प्रो लन्च गरेको लगभग एक वर्ष पछि इन्फिनिक्स अब त्यसको उत्तराधिकारीको साथ फिर्ता आएको छ। ब्रान्डले अब परिष्कृत डिजाइन, सुधारिएको कुलिङ र ठूलो ब्याट्री क्षमता भएको नयाँ जीटी ५० प्रो अनावरण गरेको छ।
आफ्नो गेमिङ फोन सम्पदामा केन्द्रित रहँदै जीटी ५० प्रोको पछाडि डाइनामिक आरजीबी लाइट एरे समावेश गरिएको छ। यो फोन पूर्ण रुपमा नयाँ हाइड्रोफ्लो लिक्विड कुलिङ प्रणालीसँग एकीकृत गरिएको छ र त्यसले ६,४३७एमएम² क्षेत्र कभर गर्नुका साथै अप्टिमल थर्मल व्यवस्थापन सुनिश्चित गर्दछ।
जीटी ५० प्रोमा मिडियाटेकको डाइमेन्सिटी ८४०० चिपसेटको साथमा अल–बिग कोर सीपीयू आर्किटेक्चर, तिव्र जीपीयू र राम्रो एनपीयू पर्फर्मेन्स समावेश गरिएको छ।
एसओसी १२जीबी एलपीडीडीआर५एक्स र्याम र ५१२जीबी यूएफएस ४.१ स्टोरेजसँग जोडिएको छ। साथै इन्फिनिक्सले थप गरेको आफ्नो इन–हाउस–विकसित एन१ नेटवर्क व्यवस्थापन चिपले ६० प्रतिशत बलियो सिग्नल पर्फर्मेन्स प्रदान गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी डिभाइसमा इन्फिनिक्सको नयाँ डुअल–प्रेसर शोल्डर ट्रिगर्समा ८ म्यापिङ पोइन्ट्स र १० लेभलको एडजस्टेबल प्रेसर–सेन्सिटिभिटी पनि रहेको छ। गेमिङ बाहेक, शोल्डर ट्रिगर्स क्यामरा एप भित्र क्विक लन्चिङ एप्स र जुम लेभल्स नियन्त्रण गर्न प्रयोग गर्न सकिने छ।
जीटी५० प्रो १,२०८ × २,६४४ पिक्सेल रिजोल्युसन र भेरिएबल ३०–१४४हर्ज रिफ्रेस रेट सहितको ६.७८–इन्च एएमओएलईडी समावेश गरिएको छ। डिस्प्ले ४,५०० निट्स पीक ब्राइटनेसको साथ मूल्याङ्कन गरिएको र गोरिल्ला ग्लास ७आई सुरक्षा सुविधा रहेको छ।
फोनको पछाडि ओआईएस सहितको ५० मेगापिक्सेलको मुख्य क्यामरा र ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स रहेको छ। साथै पञ्च–होल कटआउट भित्र एकीकृत १३ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा पनि समावेश गरिएको छ।
जीटी ५० प्रोमा क्षेत्र अनुसार ६,५०० एमएएच वा ६,१५० एमएएच ब्याट्री उपलब्ध हुने छ। साथै उक्त ब्याट्रीले ४५वाट वायर्ड, ३०वाट वायरलेस र १०वाट रिभर्स वायर्ड चार्जिङ समर्थन गर्नेछ।
सफ्टवेयरतर्फ एन्ड्रोइड १६ मा आधारित एक्सओएस १६ समावेश गरिएको छ र इन्फिनिक्सले ५ वर्षको सफ्टवेयर समर्थन प्रदान गर्ने बताइएको छ।
इन्फिनिक्स जीटी ५० प्रो ब्ल्याक एबिस, रेड ब्लेज, र सिल्भर ग्लेशियर रङहरूमा उपलब्ध हुनेछ। इन्डोनेसियामा १२/२५६जीबी संस्करणको मूल्य ६,४९९,००० इन्डोनेसियाली रुपिया (३७६ अमेरिकी डलर/३३० यूरो रहेको छ भने १२/५१२जीबी संस्करणको मूल्य ७,४९९,००० इन्डोनेसियाली रुपिया (४३४ अमेरिकी डलर/३७० यूरो) कायम गरिएको छ। इन्डोनेसियामा इन्फिनिक्स जीटी ५० प्रो खुला बिक्री शनिबारदेखि सुरु हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १४ बैशाख २०८३, सोमबार