सामसङ ग्यालेक्सी जेड फोल्ड८ मा सेल्फी क्यामराको लागि सानो पञ्च होल हुने

  • Technology Khabar | १४ बैशाख २०८३, सोमबार
सामसङ ग्यालेक्सी जेड फोल्ड८ मा सेल्फी क्यामराको लागि सानो पञ्च होल हुने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङ ग्यालेक्सी जेड फोल्ड८ आफ्नो पूर्ववर्ती ग्यालेक्सी जेड फोल्ड७ भन्दा अलि माटो हुने हल्ला चलिरहेको छ। तर एउटा नयाँ हल्लाले सेल्फी क्यामराको लागि डिस्प्लेमा रहेको फोल्ड८ को पञ्च होल सानो हुने दावी गरेको छ।

फोल्ड७ को अगाडिको क्यामरा कटआउटको डाइमिटर (व्यास) ३.७ एमएम मापन गर्दछ भने फोल्ड८ को कटआउट केवल २.५ एमएम मापन गर्ने आइस युनिभर्सले दाबी गरेको छ। “सामसङले अगाडिको क्यामराको होलको आकारलाई उल्लेखनीय रूपमा घटाउने नयाँ प्रविधि अपनाएको देखिन्छ” भनि टिपस्टरले थप बताएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

ग्यालेक्सी जेड फोल्ड७ मा कभर डिस्प्लेको कटआउटमा १० मेगापिक्सेलको सेल्फी क्यामरा थियो र भने फोल्ड८ मा सेल्फी क्यामरा अपग्रेड गरिनेछ कि छैन भन्ने बारेमा थाहा नभएको उल्लेख गरिएको छ। साथै आगामी फोल्ड८ मा हाई–रिजोल्युसन अल्ट्रावाइड क्यामरा (५० मेगापिक्सेल) समावेश गरिने अफवाह रहेको छ।

फोल्ड८ को मापन अनफोल्ड गर्दा १५८.४ × १४३.२ × ४.५ एमएम र फोल्ड गर्दा १५८.४ × ७२.८ × ९ एमएम हुने हल्ला पनि छ। अर्कोतर्फ, फोल्ड७ को मापन फोल्ड गर्दा १५८.४ × १४३.२ × ४.२ एमएम र फोल्ड गर्दा १५८.४ × ७२.८ × ८.९ एमएम थियो।

प्रकाशित: १४ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार