सार्वजनिक सवारी धनीले आफ्नो सवारी साधनमा अनिवार्य जीपीएस उपकरण जडान गर्नु पर्ने

  • Technology Khabar | १३ बैशाख २०८३, आईतवार
सार्वजनिक सवारी धनीले आफ्नो सवारी साधनमा अनिवार्य जीपीएस उपकरण जडान गर्नु पर्ने
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

सार्वजनिक सवारी धनीले आफ्नो सवारी साधनमा अनिवार्य जीपीएस उपकरण जडान गर्नु पर्ने भएको छ।

हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको सवारी साधनलाई प्रविधिजडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउनेसम्बन्धि निर्देशिका, २०८२ (मस्यौदा) मा यस्तो व्यवस्था गरिएको हो।

निर्देशिका अनुसार जीपीएस उपकरणको सुरक्षा गर्नु सवारी चालक र परिचालकसमेतको दायित्व हुनेछ भने उक्त उपकरण जडानका लागि विभागले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सक्नेछ।

जीपीएस उपकरणको व्यवस्थित सञ्चालन तथा निगरानीका लागि विभागले नियन्त्रण केन्द्रसहितको प्रणाली तयार गर्नुपर्नेछ। सो प्रणालीमा उपकरणको विवरण, उपकरणबाट सिर्जना हुने तथ्याङ्क उपलब्ध हुने व्यवस्थासमेत गर्नु पर्नेछ। प्रणालीमा सूचना, तथ्याङ्क तथा विवरण हरेक जीपीएस जडान गर्ने व्यवस्थापक वा सवारी धनीले उपलब्ध गराउनु पर्नेछ।

यसैगरी जीपीएस उपकरण चुस्त दुरुस्त राखे दायित्व सवारी चालक, परिचालक तथा सवारी धनीको हुनेछ भने सो उपकरण चुस्त दुरुस्त रहे नरहेको जाँच गर्ने जिम्मेवारी कार्यालयको हुनेछ।

जडान गरिने उपकरणमा अनिवार्यरुपमा भौगोलिक सीमाङ्कन (जिओ फेन्सिङ), अति वेग वा गति (ओभर स्पीड) चेतावनी प्रणाली, इग्निशन अन वा अफ चेतावनी प्रणाली र ऐतिहासिक मार्ग वा बाटो पुनरावलोकन हुने व्यवस्था समावेश गर्नु पर्नेछ।

प्रकाशित: १३ बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार