ताजा समाचार

पार्सल तथा उपहार पठाउने नाममा टिकटकमार्फत ठगी गर्ने लिम्बू पक्राउ

पार्सल तथा उपहार पठाउने नाममा टिकटकमार्फत ठगी गर्ने लिम्बू पक्राउ
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।
Global IME Bank

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा इलामको फाकफग्तुम गाउँपालिका–६ बस्ने २७ वर्षीय सुजन लिम्बू भन्ने सुशन थेगिम लिम्बू रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, “निजले सामाजिक सञ्जाल टिकटकमा रोहन राजपुत नाम राखेर नेपाली महिलासँग साथी भई कुराकानी गर्दै युएस डलर, गरगहना लगायतका विभिन्न उपहार काठमाडौँको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको भन्दै कष्टम चार्ज चन्दै रु दुई लाख ठगेको अभियोगमा पक्राउ गरिएको हो ।”

यसैगरी निजले सामानको ट्याक्सवापतको रकम भन्दै ह्वाट्सएप नम्बर ९७००४३५३३१ बाट सम्पर्क गरी विभिन्न बैंक खातामा जम्मा गर्न लगाउने गरेको र हाल सम्म उक्त नम्बरको ह्वाट्सएपबाट ४० भन्दा बढी नेपाली महिलालाई सम्पर्क गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका निज लिम्बूलाई ठगी कसुरमा आवश्यक थप अनुसन्धान एवं कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रवक्ता कार्कीले बताए।

Sajilo Visa
easy care