अनर ६०० र ६०० प्रो अनावरण

  • Technology Khabar | १२ बैशाख २०८३, शनिबार
अनर ६०० र ६०० प्रो अनावरण
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ब्रान्ड–न्यू अनर ६०० र ६०० प्रोले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो डेब्यू गरेको छ। गत वर्षको अनर ५०० र ५०० प्रो भने चीनमा मात्र सिमित गरिएको थियो।

अनरको लाइनअपमा सबैभन्दा नयाँ सदस्यहरूले परिमार्जित डिजाइनको साथ ओभरसाइज्ड क्यामरा आइल्याण्ड छन् र जीवन्त सुन्तला रङ्गको साथ आईफोन १७ प्रो सिरिजबाट केही स्पष्ट प्रेरणा लिएको देखिन्छ।

तर आईफोन लुक बाहेक अनरका नयाँ फोनहरूमा प्रभावशाली ब्याट्रीहरू, टप–टियर आईपी६९के इन्ग्रेस सुरक्षा र २०० मेगापिक्सेलको मुख्य क्यामहरू समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

दुवै फोनहरूमा २,७२८ × १,२६४पिक्सेल रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेटहरूको साथ ६.५७–इन्चको एएमओएलईडी समावेश गरिएका छन्। तिनीहरूले ३,८४० हर्ज पीडब्ल्यूएम डिमिङ र हार्डवेयर–लेभल ब्लू लाइट डिमिङका साथै प्रभावशाली ८,००० निट्स पीक एचडीआर ब्राइटनेस जस्ता अनरको एक्सटेन्सिभ आई–केयर सुविधाहरू प्रस्तुत गर्ने बताइएको छ।

अनर ६०० मा क्वालकमको स्न्यापड्रागन ७ जेन ४ चिपको साथमा १२जीबी र्याम र ५१२जीबी स्टोरेज समावेश गरिएको छ भने ६०० प्रोमा अधिक सक्षम स्न्यापड्रागन ८ एलिट चिप रहेको छ र यो चिपले गत वर्षको एन्ड्रोइड फ्ल्यागशिपहरूलाई सञ्चालित गरेको थियो।

क्यामराहरूको सन्दर्भमा ६०० प्रोमा मात्र ३.५× अप्टिकल जुमको साथ समर्पित ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा उपलब्ध रहेको छ। तर २०० मेगापिक्सेलको मुख्य क्यामरा (१/१.४”) र १२ मेगापिक्सेलको अल्ट्रावाइड मोड्युलहरू भने दुवै डिभाइसहरु बीच साझा गरिएका छन्। साथै दुवै फोनहरुमा ५० मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा पनि साझा गरिएको छ।

युरोपेली एकाइहरूले थोरै सानो ६,४०० एमएएच ब्याट्री क्षमताहरू प्राप्त गर्नेछन् भने एशियामा बिक्री गरिने भेरियन्टहरूले ७,००० एमएएच ब्याट्रीहरू समावेश गर्ने छन्।

तर ब्याट्री क्षमतामा भिन्नता भए तापनि ब्याट्रीले ८० वाट वायर्ड चार्जिङ र २७ वाट सम्म रिभर्स वायर्ड चार्जिङ समर्थन गर्नेछ। साथै ६०० प्रो मोडेलको ब्याट्रीले ५० वाट वायरलेस चार्जिङलाई पनि समर्थन गर्नेछ।

दुवै फोनहरू एन्ड्रोइड १६ मा आधारित म्याजिकओएस १० सँग ढुवानी गरिनेछ भने यो अनरको एआई सुइट र नयाँ एआई ईमेज टु भिडियो २.० सुविधाको साथ पूर्ण हुने बताइएको छ।

साथै यो एआई सुविधाले अन–डिभाइस मल्टि–मोडल भिडियो जेनेरेसन पनि ल्याएको उल्लेख गरिएको छ। अनरले एकीकृत गरेको एक समर्पित एआई बटनलाई एआई सुविधाहरूको होस्टलाई चलाउनका लागि कस्टम गर्न सकिने छ।

अनर ६०० र ६०० प्रो ब्ल्याक (कालो), गोल्डेन ह्वाइट (सुनौलो सेतो) र ओरेञ्ज (सुन्तला) रङ्गहरूमा उपलब्ध हुनेछन्।

अनर ६०० को १२/५१२जीबी ट्रिमको मूल्य २,५९९ मलेशियन रिङ्गिट (६५७ अमेरिकी डलर/५६०यूरो) बाट सुरु हुन्छ।

अनर ६०० प्रोको १२/२५६जीबी ट्रिमको मूल्य ३,०९९ मलेशियन रिङ्गिट (७८४ अमेरिकी डलर/६६७ यूरो) रहेको छ भने १२/५१२जीबी संस्करणको मूल्य ३,२९९ मलेशियन रिङ्गिट (८३५ अमेरिकी डलर/७१० यूरो) कायम गरिएको छ।

मलेसियामा अनर ६०० र ६०० प्रोको खुल्ला बिक्री अप्रिल ३० मा सुरु हुने तालिका रहेको छ।

साथै अनर ६०० सिरिज फ्रान्स जस्ता युरोपेली बजारहरूमा पनि उपलब्ध हुने थाहा हुन आएको छ।

प्रकाशित: १२ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार