गोरेटो कम्युनिकेशन र एयरसन इन्टरनेट प्रालिको इन्टरनेट सेवाको अनुमतिपत्र रद्द

  • Technology Khabar | ९ बैशाख २०८३, बुधबार
गोरेटो कम्युनिकेशन र एयरसन इन्टरनेट प्रालिको इन्टरनेट सेवाको अनुमतिपत्र रद्द

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक गोरेटो कम्युनिकेशन प्रा.लि, लेखनाथ, पोखरा-८, कास्की र एयरसन इन्टर्नेट प्रा. लि, चौथे, पोखरा-१४, कास्कीको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी प्राधिकरणबाट गोरेटो कम्युनिकेशन प्रा. लि. लेखनाथ, पोखरा-८, कास्कीलाई मिति २०७३/०१/०७ मा प्रदान गरिएको ग्रामीण इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र स्वतः रद्द भएको जानकारी दिएको हो।

‘नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम मिति २०८३/०१/०७ देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।

यसै गरी प्राधिकरणले एयरसन इन्टर्नेट प्रा. लि, चौथे, पोखरा-१४, कास्कीलाई मिति २०७७|१२|०३ मा प्रदान गरिएको इन्टर्नेट (इमेल सहित ) सेवाको अनुमतिपत्र ( अनुमतिपत्र नं. फि.ज. १-१७३) नवीकरण नगरेका कारण २०८२/१२/०३ बाट स्वतः रद्द भएको जानकारी दिएको हो।

प्राधिकरणले यी दुवै कम्पनीले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र  कार्यालयमा सम्पर्क गर्न अन्यथा कानून अनुसार कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: ९ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...