भिभो वाई६टी सार्वजनिक

  • Technology Khabar | ९ बैशाख २०८३, बुधबार
भिभो वाई६टी सार्वजनिक
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

भिभोले आफ्नो वाई६टी स्मार्टफोन आधिकारिक रुपमा घोषणा गरेको छ। स्न्यापड्रागन ४ जेन २ चिपसेटद्वारा संचालित स्मार्टफोनमा ७२०×१६०० रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेटसहितको ६.७४–इन्चको एलसीडी स्क्रिन रहेको छ।

भिभो वाई६टीको पछाडि १३ मेगापिक्सेलको क्यामरा रहेको छ भने अगाडि सेल्फीहरूको लागि ५ मेगापिक्सेलको स्न्यापर समावेश गरिएको छ। स्मार्टफोनमा १५वाट वायर्ड चार्जिङको लागि समर्थन भएको ६,५०० एमएएच ब्याट्री रहेको छ। फोनले ओरिजिनओएस ६ सहित एन्ड्रोइड १६ रन गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

भिभो वाई६टीको पावर बटनमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानरङ्ग इम्बेड गरिएको छ भने डिभाइसमा ५जी समर्थन र ३.५एमएम हेडफोन ज्याक पनि रहेको छ। डिभाइसको मापन १६७.४ × ७७.१ × ८.३९ एमएम र तौल २०९ ग्राम रहेको छ।

वाई६टी चीनमा कालो, सेतो र नीलो रङ्गमा उपलब्ध हुनेछ। डिभाइसको ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य १,६९९ चिनियाँ युआन (२४९ अमेरिकी डलर) कायम गरिएको छ भने ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य १,८९९ चिनियाँ युआन (२७८ अमेरिकी डलर) र ६ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य १,८९९ चिनियाँ युआन कायम गरिएको छ।

प्रकाशित: ९ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...