
काठमाडौं ।
पोकोले आफ्नो एम८ लाइनअपमा पछिल्लो थपको रुपमा एम८एस ५जी प्रस्तुत गरेको छ। पोको एम८एस ५जीमा ठूलो ७,०००एमएएच ब्याट्री र ६.९ इन्च डिस्प्ले रहेको छ।
पोको एम८एस ५जीमा स्न्यापड्रागन ६एस जेन ३ चिपसेट, ८जीबी एलपीडीडीआर४एक्स र्याम र २५६जीबी यूएफएस २.२ स्टोरेज समावेश गरिएको छ। फोनमा माइक्रोएसडी कार्ड स्लट मार्फत स्टोरेज विस्तार गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
पोको एम८एस ५जी मा फुल–एचडीप्लस रिजोल्युसन र १४४हर्ज सम्मको रिफ्रेस रेहसहितको ६.९ इन्चको एलसीडी डिस्प्ले रहेको छ। फोनको डिस्प्लेको होल–पञ्च कटआउट भित्र ८ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ।
फोनको पछाडि रहेको ५०मेगापिक्सेलको मुख्य सेन्सरमा सहायक लेन्स पनि समावेश गरिएको छ। यो सेन्सरले ३०एफपीएसमा १०८०पी भिडियो रेकर्डिङलाई समर्थन गर्दछ।
पोकोले फोनमा समावेश गरेको ७,०००एमएएच ब्याट्रीले ३३वाट वायर्ड र १८वाट वायर्ड रिभर्स चार्जिङ समर्थन गर्दछ।
फोनको अन्य सुविधाहरुमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, डुअल सिम, वाई–फाई, ब्लुटुथ ५.१, आईपी६४ रेटिङ, एनएफसी, जीपीएस, आईआर ब्लास्टर र डल्बी एटमस समर्थन रहेको छन्।
पोको एम८एस ५जीमा एन्ड्रोइड १५–आधारित हाइपरओएस २ रहेको छ। यो फोन सेतो र कालो रङ्गमा उपलब्ध हुनेछ।
पोको एम८एस ५जीको ६जीबी/१२८जीबी भेरियन्टको मूल्य १८९ अमेरिकी डलर रहेको छ भने ८जीबी/२५६जीबी विकल्पको मूल्य २२९ अमेरिकी डलर कायम गरिएको छ। यो ह्यान्डसेट अब विश्वव्यापी बजारमा उपलब्ध छ।
प्रकाशित: ९ बैशाख २०८३, बुधबार