चैत्र मसान्तसम्म ३४ अर्ब रुपैयाँ हाराहारीको पौने १७ लाख थान स्मार्टफोन आयात

  • Technology Khabar | ९ बैशाख २०८३, बुधबार
चैत्र मसान्तसम्म ३४ अर्ब रुपैयाँ हाराहारीको पौने १७ लाख थान स्मार्टफोन आयात

काठमाडौं ।

चालु आर्थिक वर्षको आठौं महिना चैत्र मसान्तसम्म नेपालमा ३३ अर्ब ८२ करोडभन्दा बढीको पौने १७ लाख थान स्मार्टफोन आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात अन्य महिनाहरुमा झैँ उल्लेख्य वृद्धि हुँदै गइरहेको पाइएको हो।

चैत्र मसान्तसम्म समग्रमा ३३ अर्ब ८२ करोड  २५ लाख ८५ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको १६ लाख ७४ हजार २४९ थान स्मार्टफोन आयात भएको विवरणमा उल्लेख छ।

यस अवधिमा सरकारले स्मार्टफोनको आयातबाट ६ अर्ब ३० करोड ८७ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ५७ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट २५ अर्ब ६५ करोड ६२ लाख ७६ हजार रुपैयाँ बराबरको १४ लाख १० हजार ९३५ थान स्मार्टफोन आयात भएको छ।

यसैगरी भारतबाट ७ अर्ब ५९ करोड ४८ लाख ५१ हजार रुपैयाँ बराबरको २ लाख ५५ हजार ८२० थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यसबाहेक विश्वका अन्य ५५ मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु भित्रिएका छन् जसमध्ये २० थानमाथि आयात भएका शीर्ष १८ कारोबार तलको तालिकामा देखाइएको छ:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
अस्ट्रेलिया२३२९१२९५४८
बंगलादेश२८३२१२
क्यानडा१०८१२६८३
चीन१४१०९३५२५६५६२७६
फिनल्याण्ड१८२४७९
हङकङ६१६४६७
भारत२५५८२०७५९४८५१
इजायल१८३१९२
जापान१००४८५४५०
१०दक्षिण कोरिया६७७३२९३१
११कुवेत३३१७७६
१२मलेसिया५१३६१४
१३न्यूजिल्याण्ड१९२४२९
१४कतार६८५२२१८०
१५साउदी अरेबिया२६२५५१
१६यूएई९९७९४०६६
१७बेलायत१९५१९५
१८अमेरिका१०२७१२६२०५

प्रकाशित: ९ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार