ह्वावे पुरा एक्स म्याक्स पहिलो वाइड बुक–स्टाइल फोल्डेबलको रूपमा किरिन ९०३० प्रोको साथ सार्वजनिक

  • Technology Khabar | ८ बैशाख २०८३, मंगलवार
ह्वावे पुरा एक्स म्याक्स पहिलो वाइड बुक–स्टाइल फोल्डेबलको रूपमा किरिन ९०३० प्रोको साथ सार्वजनिक
फोटो सौजन्यः गीज्मोचाइना

काठमाडौं ।

ह्वावेले पहिलो वाइड बुक–स्टाइल फोल्डेबलको रुपमा पुरा एक्स म्याक्स लन्च गरेको छ। तालिका अनुसार, कम्पनीले सोमबार नयाँ पुरा ९० सिरिजसँगै पुरा एक्स म्याक्स को घोषणा गरेको हो।

एप्पलले लामो समयदेखि वाइड फोल्डेबल आईफोन लन्च गर्ने हल्ला चलिरहेको अवस्थामा ह्वावेले आफ्नो पहिलो वाइड बुक–स्टाइल फोल्डेबलको साथ अब एप्पललाई पछि पारेको छ।

पुरा एक्स म्याक्स अहिले परिचित रहेको अग्लो फोल्डेबल डिजाइनबाट टाढा सर्दै त्यसको सट्टा वाइड (फराकिलो) र बढी पेपर–लाइक (कागज–जस्तो) आस्पेक्ट रेसियो केन्द्रित भएको छ।

भित्री र बाहिरी दुवै डिस्प्लेले √२ः१ आसपेक्ट रेसियो पछ्याएका छन् भने ह्वावेले स्क्रिनहरूमा थप कन्सिस्टेण्ट भ्युइङ्ग एक्सपिरियन्स सिर्जना गर्ने उद्देश्यले तयार पारेको बताएको छ।

बाहिरी भागमा रहेको ५.४–इन्च डिस्प्लेले ३५०० निट्स सम्मको पिक ब्राइटनेसमा पुग्ने र १–१२० हर्ज एलटीपीओ एडाप्टिभ रिफ्रेस रेटलाई समर्थन गर्दछ। समान एडाप्टिभ रिफ्रेस क्षमताहरू भएको ७.७–इन्चको भित्री स्क्रिनको ब्राइटनेस भने ३००० निट्सको साथ थोरै कम हुने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

डिजाइनको हिसाबले फोनमा जियोमेट्री सौन्दर्य, क्यामरा मोड्युल वरिपरि सिरेमिक किनारा रहेको र त्यसले डिभाइसलाई अझ पालिश्ड गरिएको लुक प्रदान गर्ने बताइएको छ। यो मिडनाइट ब्ल्याक, जिरो ह्वाइट, इन्टरस्टेलर ब्लू, ओलिभ गोल्ड, र भाइब्रेन्ट ओरेञ्ज गरी पाँचओटा रङ्गहरूमा उपलब्ध हुनेछ।

एआई, इमेजिङ र धेरै ह्वावे–स्पेसिफिक सफ्टवेयर

पछिल्ला लन्चहरू जस्तै एआई पिचको एक ठूलो भाग रहेको छ। पुरा एक्स म्याक्सले हार्मोनीओएस ६.१ रन गर्दछ भने ह्वावेले कम्पानियन एआई प्रणाली भनेर चिनिने अपग्रेड गरिएको सियाओई स्मार्ट ब्रेन पनि प्रस्तुत गरेको छ।

यो प्रणाली अम्याप, झिहु, डीडी, बाइदु म्याप्स र डिङटक जस्ता एपहरूसँग एकीकृत हुने भएकाले एसिस्टेण्टलाई दैनिक कार्यहरूमा अझ उपयोगी बनाउने लक्ष्य राखेको बताइएको छ।

त्यसैगरी सियाओई हेल्प, टाइम मेसिन, एआई नोट–टेकिङ र फोटो सम्पादन उपकरणहरू सहित एआई–संचालित सुविधाहरूको लामो सूची पनि रहेका छन्।

हार्डवेयर पक्षमा, पुरा एक्स म्याक्समा ५० मेगापिक्सेलको मुख्य क्यामरा, ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्स, दोस्रो पुस्ताको कलर सेन्सर र १२.५ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा समावेश छ।

ह्वावेले यो सेटअपलाई एक्सएमएजीई प्रणालीको भागको रूपमा ब्रान्ड गरेको छ र त्यसमा पोट्र्रेट वृद्धि र थ्रीडी डाइनामिक फोटोजको लागि समर्थन रहेको छ।

डिभाइसमा किरिन ९०३० प्रो चिप समावेश गरिएको छ र हार्मोनीओएस रन गर्दछ। ह्वावेले फोनले रियल–टाइम रे ट्रेसिङलाई समर्थन गर्ने पनि बताएको छ।

फोल्डेबल मेकानिज्म आफैंमा पनि अपडेट गरिएको छ। ह्वावेले नयाँ बेसाल्ट वाटरड्रप हिञ्ज प्रयोग गरेको बताइएको छ र त्यसले स्क्रिन स्पेस १६ प्रतिशतले बढाउने र ड्रप प्रतिरोधलाई ३३ प्रतिशतले सुधार गर्ने उल्लेख गरिउको छ। भित्री डिस्प्ले मल्टि–लेयर संरचनाद्वारा सुरक्षित गरिएको छ भने त्यसमा यूटीजी ग्लास र अतिरिक्त समर्थन तहहरू समावेश रहेका छन्।

साथै केही एक्सेसरिज र अतिरिक्तहरूको रुपमा ह्वावेले एम–पेन ३ मिनी स्टाइलस प्रस्तुत गरेको छ। एम–पेन ३ मिनी स्टाइलसले एयर जेस्चरहरूलाई समर्थन गर्दछ भने माइक्रोफोन पनि समावेश गरिएको र सियाओई एसिस्टेण्टलाई ट्रिगर गर्न सक्ने उल्लेख गरिएको छ।

मूल्य र उपलब्धता

पुरा एक्स म्याक्सको लाइनअपलाई दुई तहमा विभाजन गरिएको छ। स्ट्याण्डर्ड संस्करणमा १२जीबी + २५६जीबी मोडेलको मूल्य १०,९९९ चिनियाँ युआन कायम गरिएको छ भने १२जीबी + ५१२जीबी भेरियन्टको मूल्य ११,९९९ चिनियाँ युआन हुनेछ।

साथै कलेक्टरको संस्करणको मूल्य १६जीबी + ५१२जीबी १२,९९९ चिनियाँ युआन र १६जीबी + १टीबी विकल्पको मूल्य १३,९९९ चिनियाँ युआनमा कायम गरिएको छ।

प्रकाशित: ८ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार