भिडियो गेम “मेट्रो २०३९” अझ बढी हिंसात्मक र ‘डार्क’ हुने

  • Technology Khabar | ८ बैशाख २०८३, मंगलवार
भिडियो गेम “मेट्रो २०३९” अझ बढी हिंसात्मक र ‘डार्क’ हुने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

“मेट्रो २०३९” युद्धहरूबाट प्रेरित डार्क सिक्वेलको साथ आउने भएको छ। लोकप्रिय भिडियो गेम सिरिज मेट्रो अब “मेट्रो २०३९” शीर्षकको नयाँ अध्यायको साथ फर्किरहेको र लेखकहरूका अनुसार यो अहिलेसम्मको सबैभन्दा गाढा सिक्वेल हुने बताइएको छ।

भिडियो गेमको बारेमा धेरै विवरणहरूको खुलासा नगरिएको भए तापनि सिरिजका निर्माताले यो नयाँ एपिसोड अघिल्ला किस्ताहरू भन्दा अझ बढि डार्कर (गाढा), ब्रुटल (क्रूर) र इन्टेन्स (तीव्र) हुने बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।

मेट्रो एक्सोडसको डाइरेक्ट (प्रत्यक्ष) सिक्वेल “मेट्रो २०३९” ले आणविक युद्धले नष्ट गरेको पोस्ट–एपोक्यालिप्टिक संसारमा नयाँ कथा ल्याउने अपेक्षा गरिएको छ र यो तथ्य खेल सिरिजका साथै मौलिक उपन्यासहरूबाट थाहा हुने उल्लेख गरिएको छ।

रिपोर्टहरूका अनुसार, खेलमा युद्धका विषयवस्तुहरू र त्यसका परिणामहरूबाट प्रभावित वातावरण हुनेछ भने विकासकर्ताहरूले गहिरो भावनात्मक र भारी मनोवैज्ञानिक अनुभवको वाचा गरेका छन्।

प्रकाशित: ८ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...