
काठमाडौं ।
यूट्युब शट्र्स डूमस्क्रोल गर्दा अड्कििएको अवस्थामा अब मोबाइलमा यो सुविधा पूर्ण रूपमा बन्द गर्ने तरिका उपलब्ध गराइएको छ। नयाँ विकल्प आईओएस र एन्ड्रोइड गरी दुवैमा यूट्युब मोबाइल प्रयोगकर्ताहरूका लागि रोल आउट गरिएको छ।
यूट्युब मोबाइलको अवस्थित टाइम म्यानेजमेण्ट फिचरमा निर्माण हुने यो सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो शर्टस् खपतमा सीमा सेट गर्न अनुमति दिनेछ। पछिल्लो अपडेटको साथ शट्र्स फिड लिमिट टाइमरमा नयाँ शून्य–मिनेट विकल्प थप गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
पहिले न्यूनतम सीमा १५ मिनेटमा सीमित गरिएको थियो भने अब शून्य–मिनेट विकल्प थप्दा प्रभावकारी रूपमा प्रयोगकर्ताहरूलाई मोबाइलमा शर्टस् पूर्ण रूपमा असक्षम गर्न दिने उल्लेख गरिएको छ।
प्रयोगकर्ताहरूले यूट्युब एपको सेटिङहरूमा टाइम म्यानेजमेण्ट (समय व्यवस्थापन) खण्डमा शर्ट्स फिड लिमिट टाइमर पहुँच गर्न सक्नेछन्। एक पटक सक्रिय भएपछि शर्टस् ट्याबमा ट्याप गर्नाले ‘समय सीमा पुग्यो’ भन्ने सन्देश प्रदर्शन गर्नेछ र फिडमा थप पहुँच रोकिनेछ।
प्रकाशित: ४ बैशाख २०८३, शुक्रबार