
काठमाडौं ।
ह्याकिङको जिम्मेवार समूहले रकस्टार गेम्सलाई अप्रिल १४ सम्ममा फिरौती तिर्नुपर्ने धम्की दिएको छ।
एक अनुभवी ह्याकिङ समूहले रकस्टार गेम्सको क्लाउड सर्भरहरूमा घुसपैठ गरेको दाबी गरेको छ भने खेल प्रकाशकले “तेस्रो–पक्ष डाटा उल्लंघन” भएको पुष्टि गरेको छ।
माइक्रोसफ्ट, गुगल, टिकेटमास्टर र अन्य कम्पनीलाई लक्षित डाटा उल्लंघनसँग जोडिएको ह्याकर समूह शाइनीहन्टर्सले आफ्नो वेबसाइटमा रकस्टारलाई “पे अर लीक” भनेर अन्तिम चेतावनीको साथ सन्देश पोस्ट गरेको छ। ह्याक्रेड र साइबरसेक गुरु यो ह्याक पहिलो पटक पत्ता लगाएको उल्लेख गरिएको छ।
शाइनीहन्टर्सले कुन रकस्टार डाटामा पहुँच प्राप्त गर्यो भन्ने विवरण नदिएको र कम्पनीले अप्रिल १४ सम्ममा सम्पर्क गर्नु पर्ने वा समूहले उनीहरुसँग रहेको जानकारी लीक गर्ने धम्की दिँदै जानकारी लीक भएपछि “धेरै कष्टकर (डिजिटल) समस्याहरू” निम्त्याउने उल्लेख गरेको इनग्याजेटले रिपोर्ट गरेको छ।
रकस्टार गेम्सले कोटाकुलाई उल्लंघनको पुष्टि गर्दै “तेस्रो–पक्ष डाटा उल्लंघनको सम्बन्धमा सीमित मात्रामा नन्–म्याटेरियल कम्पनीको जानकारी पहुँच गरेको” र यो घटनाले “हाम्रो संस्था वा हाम्रा खेलाडीहरूमा कुनै प्रभाव पारेको छैन” भनेर व्याख्या गरेको छ।
पहिले, रकस्टारले २०२२ मा ग्रान्ड थेफ्ट अटो भीआईको प्रशस्त गेमप्ले फुटेज र एसेट्ससहितका लीक निम्त्याएको एउटा ठूलो ह्याकको सामना गर्नुपरेको थियो। यो ह्याक पछि लीकको लागि जिम्मेवार रहेको ल्याप्सस४ समूह (Lapsus$ group) का १८ वर्षीय सदस्यहरू मध्ये एकलाई “अनिश्चितकालीन अस्पतालमा भर्ना” को सजाय सुनाइएको थियो।
प्रकाशित: १ बैशाख २०८३, मंगलवार