ड्रोन निर्माता डिजेआईले सबै ड्रोनहरुमा प्लेन पत्ता लगाउने उपकरण राख्ने

  • Technology Khabar | १२ जेष्ठ २०७६, आईतवार
ड्रोन निर्माता डिजेआईले सबै ड्रोनहरुमा प्लेन पत्ता लगाउने उपकरण राख्ने

काठमाडौं ।

काठमाडौं । ड्रोन मेकर कम्पनी डिजेआईले कन्जुमर ड्रोनहरुमा प्लेन तथा हेलिकप्टर पहिचान गर्ने फीचर राख्ने भएको छ ।

कम्पनीले ड्रोन उडाउँदा हुनसक्ने दूर्घटनालाई रोक्न डिटेक्सन फीचर सबै ड्रोनहरुमा राख्ने भएको हो ।

अहिले पनि डिजेआईका केहि औद्योगिक प्रयोगमा आउने ड्रोनहरुमा यो फीचर भएपनि अब भने कम्पनीले २५० ग्रामभन्दा बढि तौल भएका सबै ड्रोनहरुमा यो फीचर आन्तरिकरुपमा नै राख्ने भएको हो ।

अन्य एयरक्राफ्टले लोकेशन प्रशारण गर्ने सिग्नल पत्ता लगाउन सक्ने एयरसेन्स सिस्टम ड्रोनमा राख्ने भएको हो ।

यदि कुनै प्लेन वा हेलिकप्टर ड्रोन उडाउने क्षेत्रको नजिकै छ भने सो सिस्टमले पहिचान गर्न सक्नेछ र ड्रोन पाइलटले अत्यावश्यक समयमा एक्सन लिनसक्नेछ ।

एयरसेन्सले वर्तमान प्रविधि जसलाई अटोमेटिक डिपेन्डेन्ट सर्भिलेन्स ब्रोडकास्ट भनेर चिनिन्छ प्रयोग गर्ने गर्दछ । यो प्रविधिमार्फत एयरक्राफ्टले आफ्नो स्याटेलाइट लोकेसन डाटा छोड्दछ, जसमा अल्टिच्यूड र अन्य स्थानसँग सम्बन्धित जानकारी हुन्छन् ।

एडिएसबी रिसिभरले ती सिग्नलहरु समाउन सक्दछन र राडारको बिना नै अथवा प्लेनलाई नदेखेपनि ट्र्याक गर्न सक्दछन् ।

‘एयरसेन्सले कयौं माइल पर रहेका एयरप्लेनहरु र हेलिकप्टरहरुलाई पत्ता लगाउन सक्दछ, यदपी ड्रोन पाइलटले त्यसलाई हेर्न वा सुन्न सकेको हुँदैन्, र यसले उनीहरुको लोकेसन ड्रोन पाइलटको रिमोट कन्ट्रोलर स्क्रीनमा देखाउँछ,’ डिजेआईले ब्लगमा भनेको छ ।

प्रकाशित: १२ जेष्ठ २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार