वाई-फाई नेपालले ल्यायो “अपग्रेड अफर”: डुअल ब्याण्ड राउटर र केपीआई हेल्मेट सित्तैमा

  • Technology Khabar | २२ चैत्र २०८२, आईतवार
वाई-फाई नेपालले ल्यायो “अपग्रेड अफर”: डुअल ब्याण्ड राउटर र केपीआई हेल्मेट सित्तैमा

काठमाडौं ।

नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले इन्टरनेट अनुभवलाई थप स्तरीय बनाउन “अपग्रेड अफर” सार्वजनिक गरेको छ। यस अफरमार्फत प्रयोगकर्ताहरूलाई अझ उच्च गति र थप सुविधासहितको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ।

कम्पनीका अनुसार यस क्याम्पेन अन्तर्गत हालको प्रयोगकर्ताहरूले आफ्नो इन्टरनेट प्याकेजलाई १०० एमबीपीएसको इन्टरनेटमा अपग्रेड गर्न सक्नेछन्, जसले गर्दा सहज स्ट्रिमिङ, छिटो डाउनलोड र काम तथा मनोरञ्जनका लागि उत्कृष्ट इन्टरनेट अनुभव प्राप्त हुनेछ। यो विशेष अफर ६ महिना, १२ महिना र २४ महिनाका सबै इन्टरनेट प्याकेजहरूमा उपलब्ध छ।

यस अपग्रेड प्याकेज अन्तर्गत ग्राहकहरूले निःशुल्क डुअल ब्याण्ड राउटर प्राप्त गर्नेछन्, जसले अझ बलियो सिग्नल कभरेज, स्थिर कनेक्टिभिटी र एकै समयमा धेरै उपकरणहरूमा उत्कृष्ट इन्टरनेट प्रदर्शन सुनिश्चित गर्नेछ। साथै, विशेष सहकार्य अन्तर्गत ग्राहकहरूले निःशुल्क केपीआई हेल्मेट पनि प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार, ‘अपग्रेड अफर’ ग्राहकहरूलाई अझ बढी गति, थप सुविधा र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्यका साथ तयार गरिएको हो।

प्रकाशित: २२ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार