
काठमाडौं ।
गुगलले भर्खरै एप्पल कारप्लेमा गुगल मीटको समर्थन उपलब्ध गराउने घोषणा गरेको छ। यो सुविधाले प्रयोगकर्तालाई ह्यान्ड्स–फ्री रुपमा कनेक्टेड् रहन र सिङ्गल ट्यापको साथ सडकबाट नै बैठकहरूमा सामेल हुन अनुमति दिनेछ।
गुगल मीट अब प्रयोगकर्ताको कारको ड्यासबोर्डमा अन्य सबै कारप्ले एपहरू बीच उपलब्ध भएको उल्लेख गरिएको छ। यो आईफोनबाट पनि निर्बाध रूपमा ट्रान्जिसन हुने भएकाले प्रयोगकर्ताले कहिल्यै पनि छलफल छुटाउनु नपर्ने एरिनाईभी डट कमले रिपोर्ट गरेको छ।
सुरक्षा कारणहरूका लागि प्रयोगकर्ता कारमा हुँदा ड्राइभिङमा आफ्नो ध्यान केन्द्रित होस् भनेर अडियो–वन्लि मोडमा मात्र कलहरू उपलब्ध हुनेछन्। त्यसैगरी प्रयोगकर्ताको क्यामरा बन्द हुनेछ र प्रयोगकर्ताले इनकमिङ भिडियो कन्टेण्ट नदेख्ने र केवल अडियो मात्र सुन्न सक्ने छन्।
अडियो कलहरू र बैठकहरूमा सामेल हुने जस्तो समर्थन बाहेक गुगल मीटको कारप्ले संस्करणले प्रयोगकर्तालाई आफ्नो आगामी तालिका हेर्न पनि दिनेछ।
गुगल मीट चाँडै एन्ड्रोइड अटोमा पनि उपलब्ध हुने थप उल्लेख गरिएको छ।
प्रकाशित: २३ चैत्र २०८२, सोमबार