भीपीएन बन्द गर्ने प्रयासका कारण रूसको घरेलु भुक्तानी प्रणालीमा समस्या आयो: डुरोभ

  • Technology Khabar | २२ चैत्र २०८२, आईतवार
भीपीएन बन्द गर्ने प्रयासका कारण रूसको घरेलु भुक्तानी प्रणालीमा समस्या आयो: डुरोभ
फोटो सौजन्यः स्टीेभ जेनिङ्स/गेटी इमेजेस

काठमाडौं ।

टेलिग्रामा प्रमुख पावेल डुरोभले रूसले भीपीएन बन्द गर्ने प्रयासका कारण त्यहाँको घरेलु भुक्तानी प्रणालीमा समस्या आएको आरोप लगाएका छन्। उनले दशौं लाख रूसी नागरिकहरूले डिजिटल नियन्त्रणको विरोध गरिरहेको पनि बताएका छन्।

टेलिग्राम का संस्थापक डुरोभले शनिबार भने, रूसले भीपीएन बन्द गर्न खोज्दा देशको भुक्तानी प्रणालीमा समस्या उत्पन्न भएको हो।

रूसले पटक–पटक मोबाइल इन्टरनेट बन्द गर्नुका साथै सामूहिक सञ्चार रोक्न व्यापक अधिकार प्रयोग गर्दै आएको छ, र म्यासेन्जर सेवा तथा भीपीएन हरू अवरुद्ध गर्दै आएको छ, जसलाई कूटनीतिज्ञहरूले “ठूलो दमन अभियान” भनेका छन्।

शुक्रबार देखिएको प्राविधिक समस्याको कारण रूसले पूर्ण रूपमा खुलाएको छैन, तर यसले किनमेल गर्नेहरूमा अव्यवस्था ल्यायो। मस्को मेट्रोले यात्रुहरूलाई टर्नस्टाइलबाट निःशुल्क प्रवेश दिनुपर्‍यो भने एक क्षेत्रीय चिडियाखानाले आगन्तुकहरूलाई नगद प्रयोग गर्न आग्रह गर्‍यो।

“डिजिटल प्रतिरोधमा पुनः स्वागत छ, मेरा रूसी दाजुभाइ तथा दिदीबहिनीहरू,” डुरोभले टेलिग्राम मा लेखेका छन्। “पूरै देश अहिले यी अव्यवहारिक प्रतिबन्धहरू छल्न सक्रिय भएको छ।”

रोयटर्का अनुसार रूसको सबैभन्दा ठूलो बैंक स्बेरब्याङ्कले शुक्रबार प्राविधिक समस्या भएको स्वीकार गरे पनि थप विवरण दिएको छैन। केही रूसी सञ्चारमाध्यमहरूले यो समस्या सरकारद्वारा केही वेबसाइट वा भीपीएन बन्द गर्ने प्रयासका कारण भएको भन्ने समाचार हटाएका छन्।

रूसी अधिकारीहरूले भने भीपीएन र व्हाट्सएप तथा टेलिग्राम जस्ता म्यासेन्जर एपहरूमा नियन्त्रण कडा बनाउनु सुरक्षा आवश्यकताका लागि भएको बताएका छन्।

उनीहरूका अनुसार, युक्रेनबाट रूसभित्र आक्रमणहरू भइरहेका छन् र पश्चिमी गुप्तचर एजेन्सीहरूले अवरोध प्रयास गरिरहेका छन्। रूसले १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता भएको टेलिग्राम को गति घटाएको छ र डुरोभविरुद्ध आतंकवादसम्बन्धी आरोपमा आपराधिक अनुसन्धान पनि गरेको छ।

रूसी अधिकारीहरूले टेलिग्राममा युक्रेन र नाटो देशका गुप्तचर एजेन्सीहरू प्रवेश गरेको दावी गर्दै त्यसका कारण रूसी सैनिकहरूको मृत्यु भएको बताएका छन्। तर टेलिग्रामले यस्तो आरोप अस्वीकार गर्दै मस्कोले रूसी नागरिकलाई म्याक्स नामको सरकारी समर्थित म्यासेन्जर एप प्रयोग गर्न बाध्य बनाउन खोजेको आरोप लगाएको छ।

यस्तो एप प्रयोग गर्न गरिएको दबाबले केही रूसी नागरिक असन्तुष्ट भएका रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २२ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...