
काठमाडौं ।
अनरले एक्स७० रिफ्रेस एडिसन अनावरण गरेको छ। एक्स७० रिफ्रेस एडिसन कम्पनीको एक्स–सिरिज स्मार्टफोन लाइनअपको अनर एक्स७० को रिफ्रेस संस्करण भएको बताइएको छ।
एक्स७० रिफ्रेस एडिसनमा तीनओटा परिवर्तनहरू समावेश गरिएको छ। यो डिभाइस नयाँ सनराइज गोल्ड रङ्ग र एन्ड्रोइड १६ मा आधारित म्याजिकओएस १० सँग आउने बताइएको छ। साथै एक्स७० रिफ्रेस एडिसन नियमित अनर एक्स७० भन्दा ३०० चिनियाँ युआन (४४ अमेरिकी डलर) महँगो भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
यो डिभाइसको बाँकी स्पेसिफिकेशन भने अनर एक्स७० जस्तै रहेको छ। डिभाइसमा ६.८ इन्चको एएमओएलईडी (एफएचडी+ १२०हर्ज) डिस्प्ले, स्न्यापड्रागन ६ जेन ४ चिपसेट, ५० मेगापिक्सेलको मुख्य क्यामर र ८०वाट वायर्ड चार्जिङको साथ ८,३०० एमएएच ब्याट्री समावेश गरिएको छ।
एक्स७० रिफ्रेस एडिसन नियमित अनर एक्स७० जस्तै चीनमा मात्र विशेष रहने बताइएको छ। डिभाइसको ८/१२८जीबी ट्रिमको मूल्य १,६९९ चिनियाँ युआन (२४७ अमेरिकी डलर) रहेको छ भने १२जीबी र्याम र ५१२जीबी स्टोरेज भएको संस्करणको मूल्य २,३९९ चिनियाँ युआन (३४९ अमेरिकी डलर) कायम गरिएको छ।
प्रकाशित: २२ चैत्र २०८२, आईतवार