
काठमाडौं ।
मोटोरोलाले आफ्नो पहिलो बुक–स्टाइल (पुस्तक शैलीको) फोल्डेबल फोनको बिक्री सुरु गर्ने मितिको पुष्टि गरेको छ।
अपेक्षा गरिएको भन्दा धेरै पहिले आइपुगेको रेजर फोल्डले ग्यालेक्सी जेड फोल्ड७ र ओप्पो फाइन्ड एन६ जस्ता प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
मोटोरोलाले आफ्नो पहिलो बुक–स्टाइल (पुस्तक शैलीको) फोल्डेबल फोनको मूल्य निर्धारण पुष्टि गरेको लगभग एक महिना भइसकेको छ।
यो अवधिमा अनरले चीनमा म्याजिक भी६ लन्च गरेको छ भने ओप्पोले पनि फाइन्ड एन६ को सोही बजारमा बिक्री सुरु गरेका छ।
मोटोरोला अब आफ्नो लामो समयदेखि प्रतिक्षित प्रतिद्वन्द्वी ग्यालेक्सी जेड फोल्ड७ (हाल अमेजनमा १,८८९ अमेरिकी डलर) को लागि लन्च मिति लिएर फर्किएको छ।
साथै अनर र ओप्पो भन्दा फरक रुपमा मोटोरोलाको लन्च मिति विश्वव्यापी रूपमा लागू हुने उल्लेख गरिएको छ।
अनर र ओप्पो दुबैले आफ्ना फोल्डेबल फोनहरू चीन बाहिर कहिले उपलब्ध हुनेछन् भनेर पुष्टि गरेका छैनन्। त्यसको विपरित मोटोरोलाले रेजर फोल्ड अप्रिल ११ मा युरोजोनमा आइपुग्ने पुष्टि गरेको छ।
यो लन्च बेलायतमा पनि लागू भए पनि मोटोरोलाले रेजर फोल्ड अफ्रिका, उत्तरी अमेरिका, भारत वा मध्य पूर्व जस्ता अन्य बजारहरूमा कहिले उपलब्ध हुनेछ भन्ने विवरण खुलाएको छैन।
रेजर फोल्ड युरोजोनमा १,९९९ यूरोमा उपलब्ध हुनेछ। त्यसैगरी, मोटोरोलाले आफ्नो नयाँ फोल्डेबल डिभाइसको मूल्य बेलायतमा २,००० अमेरिकी डलर कायम गरेको र डिभाइसमा ५१२जीबी स्टोरेजको साथ १६जीबी र्याम समावेश गरिएको छ।
प्रकाशित: २० चैत्र २०८२, शुक्रबार