ओप्पो के१५ प्रोप्लस र के१५ प्रो चीनमा आधिकारिक रुपमा अनावरण

  • Technology Khabar | १९ चैत्र २०८२, बिहीबार
ओप्पो के१५ प्रोप्लस र के१५ प्रो चीनमा आधिकारिक रुपमा अनावरण
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ओप्पोको के१५ प्रो सिरिज चीनमा आधिकारिक रुपमा अनावरण गरिएको छ। के१५ प्रो र के१५ प्रोप्लस गेमिङ फोन एस्थेटिकको रुपमा कूलिङ फ्यान, एलईडी लाइटिङ र १००वाट सम्म वायर्ड चार्जिंगको साथ ठूलो सिलिकन–कार्बन ब्याट्रीहरूसहित प्रस्तुत गरिएको छ।

ओप्पो के१५ प्रोप्लसमा १,२७२ × २,७७२ पिक्सेल रिजोल्युसन र १६५हर्ज रिफ्रेस रेटसहितको ६.७८–इन्च एएमओएलईडी डिस्प्ले रहेको छ। १,८०० निट्स सम्मको पिक ब्राइटनेसमा मूल्याङ्कन गरिएको प्यानलमा अल्ट्रासोनिक इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर र १६मेगापिक्सेल फ्रन्ट–फेसिङ क्यामरा रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

के१५ प्रोमा एफएचडीप्लस रिजोल्युसन भएको र १४४हर्ज रिफ्रेस रेटसहितको थोरै सानो ६.५९–इन्चको एएमओएलईडी रहेको छ भने प्यानलमा अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर र १६मेगापिक्सेल सेल्फी क्यामरा समावेश गरिएको छ।

के१५ प्रोप्लसमा मिडियाटेकको डाइमेन्सिटी ९५००एस चिपसेटको साथमा १२जीबी एलपीडीडीआर५एक्स र्याम र ५१२जीबी सम्मको यूएफएस ४.१ स्टोरेज समावेश गरिएको छ। त्यसैगरी के१५ प्रोमा डाइमेन्सिटी ८५००, १२जीबी एलपीडीडीआर५एक्स र्याम र ५१२जीबी सम्मको यूएफएस ३.१ स्टोरेज रहेको छ।

थर्मलहरूलाई नियन्त्रणमा राख्नको लागि ओप्पोले आफ्ना दुवै के१५ प्रो मोडेलहरूलाई ठूला भेपर चेम्बरहरू र भौतिक कूलिङ फ्यानहरू समावेश गरेको छ।

फ्यान मुख्य क्यामराको ठीक तल एयर इन्टेकको साथ मदरबोर्डको नजिक रहेको छ। ओप्पोले आफ्नो कूलिङ फ्यानले फोनको तापक्रम ५ डिग्री सेल्सियस सम्म घटाउन मद्दत गर्न सक्ङे दावी गरेको छ।

त्यसैगरी भौतिक कूलिङ फ्यानको बावजुद, के१५ प्रो र के१५ प्रोप्लस दबै फोनहरूमा अझै पनि पूर्ण आईपी६८/आईपी६९ इनग्रेस प्रोटेक्सन समावेश रहेको छ।

अगाडिको क्यामरामा दुवै फोनहरूले ८ मेगापिक्सेल रिजोल्युसन र एफ/२.२ एपर्चर प्रदान गर्ने १५ एमएम अल्ट्रावाइड लेन्सको साथमा एफ/१.८ एपर्चर र ओआईएस सहितको उही २४ एमएम बराबरको ५० मेगापिक्सेल मुख्य शूटर साझा गरेका छन्।

के१५ प्रोप्लसमा रहेको ८,००० एमएएच सिलिकन कार्बाइड ब्याट्रीले १००वाट वायर्ड चार्जिङलाई समर्थन गर्दछ। के१५ प्रोमा ८० वाट वायर्ड चार्जिङको साथ ७,५०० एमएएच सिलिकन कार्बाइड ब्याट्री रहेको छ।

दुवै फोनहरूमा रिभर्स वायर्ड चार्जिङ र बाइपास चार्जिङ क्षमताहरू पनि रहेका छन्। दुवै फोनहरू एन्ड्रोइड १६ मा आधारित कलर ओएस १६ सँग आउँछन्।

के१५ प्रोप्लसको १२जीबी/२५६जीबीको मूल्य ३४९९ चिनियाँ युआन रहेको छ भने १२जीबी/५१२जीबीको मूल्य ४१९९ चिनियाँ युआन रहेको छ। साथै के१५ प्रोको १२जीबी/२५६जीबीको मूल्य २९९९ चिनियाँ युआन कायम गरिएको छ भने १२जीबी/५१२जीबीको मूल्य ३४९९ चिनियाँ युआन रहेको छ।

के१५ प्रोप्लस फोटोडस्ट (गुलाबी), ओरिजिन ग्रे (खैरो), र साइबर विंग्स (सेतो) रङ्गहरूमा आउँछ। त्यसैगरी के१५ प्रो पनि के१५ प्रोप्लस जस्तै रङ्गहरूमा आउने र विशेष गोल्डेन लेजेन्ड (कालो) रङ्गमा पनि उपलब्ध हुने बताइएको छ।

दुबै फोनहरू हाल चीनमा रहेको ओप्पोको आधिकारिक वेबस्टोरबाट प्रि–अर्डरको लागि उपलब्ध छन् र अप्रिल ३ बाट ढुवानी सुरु हुनेछ।

प्रकाशित: १९ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...