
काठमाडौं ।
अस्ट्रियाको परम्परागत नेतृत्वको तीन–दलीय सरकारले १४ वर्ष मुनिका बालबालिकाहरुको लागि सामाजिक सञ्जालको प्रयोगममा प्रतिबन्ध लगाउने योजना बनाएको छ।
तीन सत्तारुढ दलका क्याबिनेट सदस्यहरूले प्रतिबन्धको सिद्धान्तमा आपसमा सम्झौताको घोषणा गरको र यो कदमको उद्देश्य “एडिक्टिभ एल्गोरिदम” अर्थात् लत लगाउने खालको र यौन दुर्व्यवहार समावेश गर्ने सामग्रीबाट बालबालिकालाई जोगाउनु भएको बताइएको छ। तर यो कहिले सुरु हुन्छ भनेर उनीहरूले नबताएको र यो कसरी लागू हुनेछ भन्ने कुरामा उनीहरूले अझै सहमति नजनाएको उल्लेख गरिएको छ।
“हामी भविष्यमा बालबालिका र युवाहरूलाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट दृढतापूर्वक जोगाउनेछौं”, सोशल डेमोक्र्याटका उपकुलपति एन्ड्रियास ब्याबलरले भने।
“हामी अब पछाडि बसेर हेर्नेछैनौं किनकि यी प्लेटफर्महरूले हाम्रा बालबालिकाहरूलाई लत र प्रायः बिरामी बनाउँछैन् भने यो प्रयोगसँग सम्बन्धित जोखिमहरूलाई धेरै लामो समयदेखि बेवास्ता गरिएको छ र अब कारबाही गर्ने समय आएको” उनले थप उल्लेख गरे।
अष्ट्रेलियाले डिसेम्बरमा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लागू गर्दे यस्तो कदम चाल्ने गर्ने पहिलो देश बनेको छ।
त्यसैगरी हाल विभिन्न देशहरूले यस्तै प्रतिबन्धहरू तर्फ विचार गरिरहेको वा अघि बढिरहेको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १९ चैत्र २०८२, बिहीबार