एप्पलको डाइनामिक आइल्याण्ड कायम रहन सक्ने

  • Technology Khabar | १२ चैत्र २०८२, बिहीबार
एप्पलको डाइनामिक आइल्याण्ड कायम रहन सक्ने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पललाई स्क्रिन मुनि फेस आईडी सेन्सर एरे राख्न केही समस्या भइरहेको चीनबाट नयाँ अफवाह बाहिर आएको छ। कम्पनीले क्यामरा सेन्सरलाई स्क्रिनमा होल–पञ्च (प्वाल पारेर) मा समावेश गर्नको लागि डाइनामिक आइल्याण्डलाई प्रभावकारी रूपमा हटाउने काम गरिरहेको हल्ला अहिलेसम्म धेरै पटक चलिसकेको छ।

तर अब डाइनामिक आइल्याण्ड आगामी आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा पनि कायम रहने जस्तो देखिन्छ भनि नयाँ अफवाह बाहिरिएको छ। एप्पलले आइल्याण्डलाई खुम्चाउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

कम्पनी अझै पनि कुनै पनि अवरोध बिनाको “फुल स्क्रिन” एक्सपिरियन्स बाट धेरै टाढा रहेको छ। हाल यो जानकारी आधिकारिक नभएको हुनाले यो विषयलाई पनि अन्य सबै अफवाहहरू जस्तै लिनको लागि आग्रह गरिएको छ।

प्रकाशित: १२ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...