पोलमा इन्टरनेटको तार जोड्ने क्रममा खसेर हेटौँडामा एक जनाको मृत्यु

  • Technology Khabar | १० चैत्र २०८२, मंगलवार
पोलमा इन्टरनेटको तार जोड्ने क्रममा खसेर हेटौँडामा एक जनाको मृत्यु
सांकेतिक तस्विर

काठमाडौं ।

बिजुलीको पोलमा इन्टरनेटको तार जोड्ने क्रममा खसेर आज साँझ मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ।

हेटौं डा उपमहानगरपालिका–४ कर्राचोक नजिकै समितपथस्थित बिजुलीको पोलमा काम गर्ने क्रममा खसेर मकवानपुर राक्सिराङ गाउँपालिका–६ खरकाण्डेताल टोल घर भई हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल डेरा गरी बस्ने १८ वर्षीय भुवन चेपाङको मृत्युु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार नेटफिलिक्सको इन्टरनेट तार जोड्ने क्रममा अचानक पोलबाट लडेर गम्भीर घाइते भएका चेपाङको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रासस

प्रकाशित: १० चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार