
काठमाडौं ।
ओप्पोले हाल आफ्नो प्याड मिनीमा काम गरिरहेको डिजिटल च्याट स्टेशनबाट नयाँ जानकारी बहिरिएको छ। नामले संकेत गरे जस्तै यो डिभाइस ८.८ इन्चको हाई–रिफ्रेस रेट स्क्रिनको साथ सानो ट्याब्लेट हुनेछ।
ओप्पो प्याड मिनी स्न्यापड्रागन ८ जेन ५ एसओसी द्वारा संचालित हुनेछ भने यो ट्याब्लेट १३ मेगापिक्सेलको रियर क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामराको साथ आउने छ।
यो ट्याब्लेटको साथ ओप्पोले चीनमा बढ्दो भीडभाड भएको हाई–इण्ड सानो ट्याब्लेट स्पेसमा पाइला टेक्दैछ। तर प्याड मिनी अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध हुनेछ कि छैन भनेर थाहा छैन।
त्यसैगरी यो ट्याब्लेट चीनमा कहिले अनावरण गरिनेछ भन्ने बारेमा पनि थाहा अज्ञात नै छ। ओप्पो प्याड मिनीको मूल्य ह्वावे मेटप्याड मिनीको जस्तै हुनुका साथै यो ट्याब्लेट धेरै पातलो हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ९ चैत्र २०८२, सोमबार