ह्वाट्सएप ह्याक गरी क्यूआरमा पैसा पठाउन लगाउने ह्याकरको बिगबिगी छ, सावधान रहनुस्: साइबर ब्यूरो

  • Technology Khabar | ५ चैत्र २०८२, बिहीबार
ह्वाट्सएप ह्याक गरी क्यूआरमा पैसा पठाउन लगाउने ह्याकरको बिगबिगी छ, सावधान रहनुस्: साइबर ब्यूरो

काठमाडौं ।

हाल नेपालमा ह्वाट्सएप ह्याक गरेर “म समस्या/अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “मेरो बैंकिङ्ग एपमा समस्या आएर मैले पैसा पठाउन सकिरहेको छैन, तपाई यस क्यूआर कोडमा पैसा पठाइदिनुहोस” भन्ने प्रकारका मेसेज नजिकका साथी भाई लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटनाहरू बढिरहेको साइबर ब्यूरोले जनाएको छ।

नेपाल प्रहरी साइबर ब्यूरोले यस्ता घटनाबाट जोगिन विभिन्न उपायहरु अवलम्बन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

जोगिन के उपाय अपनाउने?

  • यस्ता मेसेजहरूमा तुरुन्त विश्वास नगर्नुहोस्।
  • सम्भव भए सम्म सो व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्नुहोस्।
  • शंकास्पद लिंक, कोड वा फाइल क्लिक/डाउनलोड नगर्नुहोस्।
  • टू स्टेप भेरिफिकेशन अनिवार्य रूपमा प्रयोग गर्नुहोस्।
  • आफ्नो ओटीपी/भेरिफिकेशन कोड कसैलाई पनि नदिनुहोस्।
  • आफ्नो मोबाइल र एप्स नियमित रूपमा अपडेट गर्नुहोस्।
  • व्हाट्सएप वेब प्रयोग गरेपछि लग आउट गर्न नबिर्सिनुहोस्।

प्रकाशित: ५ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार