कार्डमार्फत भुक्तानी हुने ई-कमर्स कारोबार: रकम १० करोडले घट्यो, सङ्ख्या ४ हजार बढ्यो

  • Technology Khabar | ५ चैत्र २०८२, बिहीबार
कार्डमार्फत भुक्तानी हुने ई-कमर्स कारोबार: रकम १० करोडले घट्यो, सङ्ख्या ४ हजार बढ्यो

काठमाडौं ।

नेपालमा कार्डमार्फत भुक्तानी हुने ई-कमर्सको कारोबार रकम र सङ्ख्या चालु आर्थिक वर्षको सातौं महिना माघमा मिश्रित रहेको पाइएको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ माघ मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई-कमर्समार्फत हुने कारोबारको रकम १० करोडभन्दा बढीले घटेको  तथा सङ्ख्या भने ४ हजारभन्दा माथिले बढेको पाइएको हो।

विवरण अनुसार माघ मसान्तसम्ममा ई-कमर्समार्फत १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म १ अर्ब ६७ करोड ८० लाख रुपैयाँ रहेको थियो।

यसरी हेर्दा पुसदेखि भदौ मसान्तसम्म आउँदा ईकमर्स मार्फत हुने कारोबार १० करोड ३० लाख रुपैयाँले घटेको देखिन्छ।

कारोबार सङ्ख्याका हिसाबले हेर्दा माघ मसान्तसम्म ईकमर्स मार्फत २ लाख १० हजार ५७९ पटक कारोबार भएको पाइएको छ। अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म भने २ लाख ६ हजार ३५२ पटक कारोबार भएको थियो।

तुलनात्मक रुपमा हेर्दा पुस मसान्तदेखि माघ मसान्तसम्म ईकमर्समार्फत हुने कारोबार सङ्ख्यामा ४ हजार २२७ ले बढेको विवरणबाट प्रस्ट हुन्छ।

प्रकाशित: ५ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार