
काठमाडौं ।
आईफोन १७ई घोषणा गरिएको एक हप्ता भन्दा कम समयमा डिभाइसको उत्तराधिकारीको पनि उत्तराधिकारी मानिएको आईफोन १९ई को बारेमा पहिलो ब्याचको अफवाहहरू प्राप्त भएका छन्।
२०२८ को सुरुमा लन्च हुने अनुमान गरिएको आईफोन १९ई मा अब प्रोमोशन डिस्प्ले हुने हल्ला चलिरहेको छ। उक्त डिस्प्ले अब एप्पल लिंगोमा एक भेरियबल रिफ्रेस रेट प्यानल हुनुका साथै बजेट “ई” लाइनअपको लागि एक उपलब्धि हुनेछ।
एप्पलले हाल स्विचिङ र ड्राइभिङ ट्रान्जिस्टर दुवैको लागि अक्साइड म्याटेरियल्स (सामग्री) प्रयोग गर्ने नयाँ एलटीपीओ+ प्रविधि विकास गरिरहेको बताइएको छ। त्यसले पावर इफिसियन्सी र फास्टर रेसपोन्स सुधार हुने जेडडीनेट कोरियाको नयाँ रिपोर्टले उल्लेख गरेको छ।
नयाँ डिस्प्ले प्रविधिले आगामी आईफोन १८ प्रो सिरिजका साथै अर्को पुस्ताको आईफोन एयर र फोल्डेबल आईफोनमा डेब्यू गर्ने अपेक्षा गरिएको छ। यदि यी डिस्प्ले प्रविधि हाई–इण्ड डिभाइसहरूमा सफलतापूर्वक लागू भएको खण्डमा भने नियमित एलटीपीओ प्यानलहरू आईफोन १९ई मा समावेश गरिनेछन्।
अहिलेको लागि केही हदसम्म अनिश्चितता भएको हुनाले १९ई लाई एलटीपीओ प्यानलमा अपडेट गरिनेछ कि छैन भन्ने कुरा निश्चित रूपमा पुष्टि गर्न नसकिने उल्लेख गरिएको छ।
सबै प्रोमोशन डिस्प्लेहरू समान रूपमा निमार्ण नगरिएको हुनाले १९ई मा कस्तो प्रकारको प्रोमोशन डिस्प्ले प्रयोग गरिनेछ भन्ने बारेमा विवरण उपलब्ध नभएको उल्लेख गरिएको छ। उदाहरणका लागि, आईफोन १३ प्रो सिरिजका प्यानलहरूले १० हर्ज देखि १२० हर्ज भिन्नता प्रदान गर्थे भने आईफोन १४ प्रो जेनेरेसनले तल्लो मानलाई १ हर्जमा घटाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ चैत्र २०८२, बिहीबार