नागपोखरीमा “याडिया केयर–सर्भिस स्टेशन” सञ्चालनमा, ग्राहक सेवामा यडियाको थप विस्तार

  • Technology Khabar | २ चैत्र २०८२, सोमबार
नागपोखरीमा “याडिया केयर–सर्भिस स्टेशन” सञ्चालनमा, ग्राहक सेवामा यडियाको थप विस्तार

काठमाडौं ।

नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले आफ्ना ग्राहकहरूलाई अझ राम्रो आफ्टर–सेल्स सेवा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौंको नागपोखरीमा नयाँ “याडिया केयर–सर्भिस स्टेशन” सञ्चालनमा ल्याएको छ।

काठमाडौंको केन्द्रीय क्षेत्रमा रहेको यो नयाँ सेवा केन्द्रले यडिया स्कुटर प्रयोगकर्ताहरूलाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यस केन्द्र सञ्चालनमा आएपछि ग्राहकहरूले अब अझ सहज स्थानमा प्राविधिक सेवा तथा मर्मत सुविधा प्राप्त गर्न सक्नेछन्।

यो सेवा केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ र विशेष गरी काठमाडौंको केन्द्रिय क्षेत्रमा बसोबास गर्ने वा काम गर्ने याडिया प्रयोगकर्ताहरूका लागि सेवा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।

याडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई–पांग्रे सवारी साधन ब्रान्ड को रूपमा आफ्नो स्थान कायम राख्दै आएको छ। नेपाली बजारमा पनि याडिया का विभिन्न मोडेलहरू ग्राहकहरूबीच लोकप्रिय बन्दै गइरहेका छन्। विशेष गरी भेलाक्स, ओविन तथा सबैभन्दा धेरै बिक्री हुने ई८एस प्रो मोडेलले नेपाली उपभोक्ताबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेका छन्।

कुजु नेपालका अनुसार नागपोखरीमा सेवा केन्द्र सञ्चालनमा ल्याउनु भनेको ग्राहक सेवा अझ सुदृढ बनाउने र याडिया प्रयोगकर्ताहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धता हो।

कम्पनीले आगामी दिनहरूमा नेपालका अन्य प्रमुख शहरहरूमा पनि याडिया केयर सेवा केन्द्रहरू विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिएको छ जसले देशभरका ग्राहकहरूलाई अझ सहज र विश्वसनीय आफ्टर–सेल्स सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

प्रकाशित: २ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...