सामसङले स्याटेलाइट–रेडि एपहरूको सूची देखाउन सुरु गर्यो

  • Technology Khabar | २ चैत्र २०८२, सोमबार
सामसङले स्याटेलाइट–रेडि एपहरूको सूची देखाउन सुरु गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एक टिपस्टरले एक्समा साझा गरेको स्क्रिनसट अनुसार सामसङ फोनहरूमा अब “स्याटेलाइट–रेडि” एपहरूको सूची रहेको देख्न सकिनेछ। यो सेटिङस< कनेक्सन< स्याटेलाइट नेटवर्कहरूमा गएर पहुँच गर्न सकिने छ।

त्यसपछि इन्स्टल गरिएको मध्ये “स्याटेलाइट–रेडि” एपहरूको सूची देखिने छ। यो स्याटेलाइट कनेक्टिभिटी प्रयोग गर्न सक्ने प्रत्येक एपको विस्तृत सूची भने नभएको र कुनै समयमा इन्स्टल गरिएका एपहरूको उपसमूह मात्र भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

स्याटेलाइट कनेक्टिभिटी मात्र उपलब्ध हुँदा पनि अब गुगल म्याप्स प्रयोग गर्न सकिने छ भने स्याटेलाइट कनेक्टिभिटी मार्फत कुन सुविधाहरू (वा एपहरू पनि) काम गर्छन् भन्ने कुरा प्रयोगकर्ताको सेवामा निर्भर गर्ने कुरामा ध्यान दिन आग्रह गरिएको छ।

टी–मोबाइलको टी–स्याटेलाइट मूल रूपमा सामान्य क्यारियर (वाहक) डाटा कनेक्सन जस्तै काम गर्दछ भने भेरिजोन जस्ता अन्य वाहकहरूले धेरै प्रतिबन्धित, आपतकालीन एसओएस र टेक्स्टिङ सेवा मात्र प्रदान गर्दछ। त्यसैले सामसङको सूची एक उत्तम विकल्प हुने उल्लेख गरिएको छ।

प्रकाशित: २ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...