सामसङले नयाँ ग्लासेस्को साथ मेटालाई चुनौती दिँदै

  • Technology Khabar | ३० फाल्गुन २०८२, शनिबार
सामसङले नयाँ ग्लासेस्को साथ मेटालाई चुनौती दिँदै
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

सामसङले अग्मेन्टेड रियालिटी (एआर) बजारमा हालको अग्रणी रे–बानसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेर स्मार्ट ग्लासेस् लन्च गर्ने तयारी गरिरहेको छ।

आन्तरिक स्रोतहरूका अनुसार, डिभाइसमा १२ मेगापिक्सेलको क्यामरा र १५५ एमएएच ब्याट्री हुनेछ। साथै डिभाइसको तौल केवल ५० ग्राम हुने भएकाले दिनभरि प्रयोग गर्न सकिने छ।

डिभाइसमा आर्टिफिसियल इन्टेलिजेन्ससँग उन्नत एकीकरणको साथमा टेक्स्ट ट्रान्सलेसन र रियल–टाइम भिज्योल सर्च जस्ता कार्यहरूको लागि गुगलसँग सहकार्य पनि हुनेछ।

सामसङले रिलीज मिति पुष्टि नगरे पनि विज्ञहरूले २०२७ को सुरुमा सायद ग्यालेक्सी फोनहरूको नयाँ लाइनसँगै लन्च हुन सक्ने अनुमान गरेका छन्।

त्यसैगरी डिभाइसको मूल्य विवरणहरूको बारेमा कुनै जानकारी उपलब्ध नभएको र हालको मेटा मोडेलहरूसँग प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

सामसङको यो कदमले एआर डिभाइस बजारलाई बलियो बनाउने र उपभोक्ताहरूलाई मेटाको गम्भीर विकल्पहरू प्रदान गर्ने कम्पनीको महत्वाकांक्षालाई स्पष्ट रूपमा देखाएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार