ह्वाट्सएपले किशोरावस्थाका बालबालिकाहरूका लागि अभिभावक–व्यवस्थित खाताहरू प्रस्तुत गर्यो

  • Technology Khabar | २९ फाल्गुन २०८२, शुक्रबार
ह्वाट्सएपले किशोरावस्थाका बालबालिकाहरूका लागि अभिभावक–व्यवस्थित खाताहरू प्रस्तुत गर्यो

काठमाडौं ।

व्हाट्सएपले किशोरावस्थाका बालबालिकाहरूका लागि प्यारेण्ट–म्यानेज्ड एकाउण्ट (अभिभावकले व्यवस्थित गर्न सक्ने खाताहरू) अनावरण गरेको छ।

हाल यिनीहरु विश्वव्यापी रूपमा रोल आउट भइरहेका छन् र तिनीहरू किशोरावस्थाका बालबालिकाहरूको व्हाट्सएप अनुभवलाई सन्देश र कलिङमा सीमित गर्न नयाँ नियन्त्रणहरू सहित आउँछन्।

अभिभावकहरूले किशोरावस्थाका बालबालिकाहरूको खाता सेट अप गर्नेछन् र खाता अभिभावकद्वारा नियन्त्रण गरिनेछ भने खातामा कसले सम्पर्क गर्न सक्छ र कुन समूहहरूमा सामेल हुन सकिन्छ भनेर निर्णय गर्न सकिने सुविधा समावेश रहेको छ।

अभिभावकहरूले अज्ञात सम्पर्कहरूबाट प्राप्त सन्देश अनुरोधहरू पनि समीक्षा गर्न सक्नेछन् र खाताको गोपनीयता सेटिङहरू व्यवस्थापन गर्न सक्नेछन्। यो सबै व्यवस्थित खातामा अभिभावकको पिन द्वारा गेट गरिएको हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यो सुविधा रोलआउट उपलब्ध हुन केही समय लाग्न सक्ने उल्लेख गरिएको छ। अभिभावकहरूले आफ्नो बच्चाको डिभाइसमा व्हाट्सएप डाउनलोड गरेर खाता सेट अप गर्दा मोर अप्सन्स चयन गरेपछि “क्रियट प्यारेण्ट–म्यानेज्ड एकाउण्ट” मार्फत यो सुविधालाई प्रयोग गर्न सक्नेछन्।

त्यसपछि अभिभावकहरूले आफ्नो बच्चाको नम्बर दर्ता र प्रमाणित गर्नु पर्ने छ र उनीहरूको जन्मदिन इन्ट्रि गरेर उनीहरूको उमेर पुष्टि गर्नु पर्ने छ। त्यसैगरी अभिभावकहरूले आफ्नो बच्चाहरूको फोनमा क्यूआर कोड स्क्यान गरेपछि बच्चाहरूको व्हाट्सएप खातालाई अभिभावकहरूसँग लिङ्क गर्ने र ६–अङ्कको अभिभावक पिन सिर्जना गर्नेछ।

प्रकाशित: २९ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार