
काठमाडौं ।
विगतका केही वर्षहरूमा युट्युबको सबैभन्दा ठूलो वृद्धि टिभीका दर्शक संख्याबाट आएको र गुगलको स्वामित्वमा रहेको कम्पनीले अब त्यसबाट केही बढी पैसा कमाउन खोजिरहेको छ।
टिभीमा स्किप गर्न नसकिने ३०–सेकेन्डका विज्ञापनहरू अब पैसा कमाउने एउटा तरिका भएको बताइएको छ। साथै यी अब विश्वव्यापी रूपमा विज्ञापनदाताहरूका लागि उपलब्ध गराइएका छन्।
कम्पनीले विज्ञापनदाताहरूलाई आफ्नो एआई “६–सेकेन्ड बम्परहरू, १५–सेकेन्ड स्ट्याण्डर्ड र ३०–सेकेन्ड कनेक्टेड टिभी–वन्लि नन् स्किपेबल विज्ञापन ढाँचाहरू बीच गतिशील रूपमा अनुकूलन गर्दछ, त्यसले गर्दा तपाईंको अभियान सही समयमा सही दर्शकहरूमा पुग्नेछ” भन्ने उल्लेख गरेको छ।
विज्ञापनहरू मन नपरेको खण्डमा भने यूट्युब प्रिमियमको लागि भुक्तानी गर्न सकिने छ। यूट्युबले प्रिमियम लाइटलाई पनि सस्तो विकल्प बनाएको छ र हालसालै नयाँ सुविधाहरू थपेर धेरै आकर्षक बनाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २९ फाल्गुन २०८२, शुक्रबार