जर्मनीको मोटर कम्पनी फक्सवागनद्वारा पचास हजार रोजगारी कटौती गर्ने घोषणा

  • Technology Khabar | २६ फाल्गुन २०८२, मंगलवार
जर्मनीको मोटर कम्पनी फक्सवागनद्वारा पचास हजार रोजगारी कटौती गर्ने घोषणा

काठमाडौं ।

जर्मनीको मोटर कम्पनी फक्सवागनले मङ्गलबार कम्पनीले सन् २०३० सम्म जर्मनीमा करिब पचास हजार रोजगारी कटौती गर्ने योजना बनाएको घोषणा गरेको छ।

फक्सवागनका प्रमुखले भने, “सन् २०३० सम्म जर्मनीमा भोल्क्सवैगन समूहभित्र कुल करिब पचास हजार रोजगारी कटौती हुनेछन्। यसअघि सन् २०२४ को अन्त्यमा पैंतीस हजार रोजगारी घटाउने सहमति भइसकेको थियो। अबको कटौती उच्च स्तरका ब्राण्ड र सफ्टवेयर कम्पनीमा हुनेछ।”

कम्पनीले यस निर्णयलाई चीनमा कडा प्रतिस्पर्धा, युरोपमा स्थिर माग र विद्युतीय सवारी साधनमा उच्च लगानी लागत जस्ता चुनौतीहरूको सामना गर्दै उठाइएको बताएको छ। फक्सवागन लामो समयदेखि चीनको बजारमा अग्रणी रहँदै आएको भए पनि स्थानीय प्रतिस्पर्धीहरूले कम्पनीको बिक्रीमा दबाब पारेका छन्।

प्रमुखले पत्रकार सम्मेलनमा थपे, “स्थानीय कम्पनीहरूले युरोपियन बजारमा प्रवेश गरेर मूल्य प्रतिस्पर्धा बढाउने प्रयास गरिरहेका छन्। यसले हामीमाथि दबाब बढाउनेछ। हामीले लागत घटाउने उपायमा अझ गहन प्रयास गर्न आवश्यक छ।”

विशेषज्ञहरूले फक्सवागनको यो कदमलाई सस्तो र स्थिर उत्पादन लागत कायम राख्दै कम्पनीको दीगो सञ्चालन सुनिश्चित गर्ने रणनीतिको रूपमा विश्लेषण गरेका छन्। यो निर्णयले कर्मचारी, सङ्घसंस्था र बजारमा ठूलो असर पार्ने अपेक्षा गरिएको छ। कम्पनीले यस कटौतीबाट वर्षेनी ठूलो आर्थिक बचत हुने योजना बनाएको छ। रासस/एएफपी

प्रकाशित: २६ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार