सन् २०३० सम्ममा युरोपेली अटोमोटिभ उद्योगले लाखौं रोजगारी गुमाउनसक्ने

  • Technology Khabar | २६ फाल्गुन २०८२, मंगलवार
सन् २०३० सम्ममा युरोपेली अटोमोटिभ उद्योगले लाखौं रोजगारी गुमाउनसक्ने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

युरोपेली अटोमोटिभ उद्योग अस्तित्वको लागि लडिरहेको र अहिले चार प्रमुख चुनौतीहरूको सामना गरिरहेको उद्योग संगठन क्लेपाले बताएको छ।

विद्युतीय सवारी साधनको माग अपेक्षा भन्दा कम हुनुको साथै चीनबाट प्रतिस्पर्धा अचानक बढेको छ।

साथै अटोमेकरहरूले सबकन्ट्रयाक्टर्स (उपठेकेदारहरू)लाई मूल्य घटाउन निरन्तर दबाब दिइरहेका छन्। बीवाईडीले कम्पनीलाई प्रतिस्पर्धी बनाउन आफ्ना सबकन्ट्रयाक्टर्स (उपठेकेदारहरू)लाई दश प्रतिशत मूल्य कटौतीको लागि आग्रह गरेको छ।

कडा नियमहरू सहित ईयूको प्रशासनिक प्रणालीको पालना गर्न गाह्रो हुँदै गइरहेको अटोमोटिभ न्यूज युरोपले रिपोर्ट गरेको छ।

सन् २०२४ र सन् २०२५ को बीचमा युरोपेली सब कन्ट्रयाक्टर्स (उप ठेकेदारहरू) लाई १० लाख भन्दा बढी कर्मचारीहरूलाई हटाउन बाध्य पारिएको थियो र सन् २०३० सम्ममा थप ३ लाख ५० हजार जागिरहरू गुम्न सक्ने क्लेपाले बताएको छ।

युरोपेली आयोगले अब युरोपेली संघमा कार निर्माताहरूको स्थिति सुधार गर्न नियमहरूको श्रृंखलाको साथ प्रतिक्रिया दिने प्रयास गर्नेछ। “मेड इन युरोप” (युरोपमा निर्मित) सवारी साधनहरूको एक विशेष श्रेणी पनि आउने भएको छ र त्यसले अनुदानको लागि प्रतिस्पर्धा गर्न सक्षम हुने उल्लेख गरिएको छ।

प्रकाशित: २६ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार