ताजा समाचार

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक
Global IME Bank

मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

नयाँ संस्करणको पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बिएस ६ भि इन्जिन, सिङ्गल च्यानल एबिएस लिड हेडल्याम्प तथा ब्लुटुथ सपोर्टसहितको फुल डिजिटल जस्ता आधुनिक फिचरहरू समावेश गरिएको छ। यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाएको कम्पनीको भनाइ छ।

यो मोटरसाइकलमा प्रयोग गरिएको इन्धन इन्जेक्सन एफआई प्रविधिले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी एबिएस प्रणालीले ब्रेकिङलाई अझ सुरक्षित बनाउनेछ भने डिजिटल कन्सोलले राइडिङ अनुभवलाई आधुनिक बनाउनेछ।

कम्पनीका अनुसार नयाँ बजाज पल्सर १५० लाई नेपालभरका बजाज अटोका आधिकारिक शोरुममार्फत उपलब्ध गराइएको छ। मोटरसाइकलको प्रारम्भिक मूल्य रु. ३,५५,९०० तोकिएको छ। नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज मोटरसाइकलको आधिकारिक वितरकका रूपमा सेवा दिँदै आएको छ। कम्पनीले ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पाट्र्स उपलब्ध गराउँदै आएको जनाएको छ।

Sajilo Visa
easy care