सामसङ नेपालले खुलायो ग्यालेक्सी एस२६ सिरिजको प्रि-अर्डर, ग्राहकहरुलाई विशेष सुविधा दिने

  • Technology Khabar | २४ फाल्गुन २०८२, आईतवार
सामसङ नेपालले खुलायो ग्यालेक्सी एस२६ सिरिजको प्रि-अर्डर, ग्राहकहरुलाई विशेष सुविधा दिने

काठमाडौं ।

सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजको प्रि-अर्डर खुलाएको छ। कम्पनीले प्रि-अर्डर गर्ने ग्राहकहरुलाई विशेष सुविधाहरु दिने जानकारी दिएको छ।

बहुप्रतीक्षित ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित ग्यालेक्सी एस२६ सिरिज अहिलेसम्मकै सबैभन्दा सहज, स्मार्ट र अनुकूल हुने प्रविधिसहित तयार गरिएको दाबी छ। यो सिरिज मानिसहरूले आफ्नो फोनमा दैनिक गर्ने कामहरूलाई अझ सजिलो र सरल बनाउन डिजाइन गरिएको हो। तालिका व्यवस्थापन गर्नेदेखि  लिएर कन्टेन्ट बनाउनेसम्म, ग्यालेक्सी एस२६ सिरिजले प्रयोगकर्ताहरूलाई प्राविधिक जटिलताहरूको सट्टा परिणामहरूमा ध्यान केन्द्रित गर्ने कुरा सुनिश्चित गर्दछ।

ग्यालेक्सी एस२६ अल्ट्रा, ग्यालेक्सी एस२६ प्लस, र ग्यालेक्सी एस२६, अब नेपालमा मार्च ८ देखि मार्च १८, २०२६ (वा स्टक उपलब्ध नभएसम्म) सम्म प्रि-अर्डरको लागि उपलब्ध हुने छन्।

“ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताहरूको जीवनशैली र कार्यशैलीअनुसार अनुकूल हुने गरी इन्जिनियर गरिएको छ, जसले एजेन्टिक एआई मार्फत सामसङका लागि नयाँ दिशा संकेत गर्छ। हाम्रो विस्तारित २४ महिनाको ईएमआई सुविधाको सुरुवातसँगै, हामी पहुँचलाई नयाँ रूपमा परिभाषित गर्दै सामसुङका सबैभन्दा उन्नत प्रविधिहरूलाई पहिलेभन्दा अझ सहज रूपमा उपलब्ध गराउँदैछौं, जसले धेरै ग्राहकहरूलाई कुनै सम्झौता नगरी फ्ल्यागशिप प्रविधिको अनुभव लिन सक्षम बनाउँछ,” सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स प्रणय रत्न स्थापितले भने।

ग्यालेक्सी एस२६ सिरिजको मुख्य विशेषताहरू:

  • प्राइभेसी र पर्फरमेन्स: ग्यालेक्सी एस२६ अल्ट्रामा उद्योगमै पहिलो पटक इन-बिल्ट प्राइभेसी डिस्प्ले (Privacy Display) उपलब्ध गराईएको छ, जसले लेभेल प्राइभेसी सुनिश्चित गर्छ। साथै, यसमा अनुकूलित चिपसेट र सुधारिएको थर्मल म्यानेजमेन्ट सिस्टम समावेश गरिएको छ, जसले ७.९ मिमीको स्लिम डिजाइनमै अझ छिटो र शक्तिशाली एआई प्रदर्शन प्रदान गर्छ।
  • इन्हान्स्ड क्यामरा क्षमता: ग्यालेक्सी एस२६ अल्ट्रामा उन्नत क्यामरा सुधारहरू समावेश छन्, जसमा कम लाइटमा अझ राम्रो फोटो खिच्नका लागि फराकिलो अपार्चर, कम उज्यालो अवस्थामा स्पष्ट भिडियोका लागि सुधारिएको नाइटोग्राफी भिडियो (Nightography Video), र स्थिर भिडियो क्याप्चरका लागि एडभान्स सुपर स्टिडी प्रविधि रहेका छन्। यसको एआई आईपीएस सुधारहरूले सेल्फी क्यामरालाई पनि अनुकूल बनाउँदै मिश्रित प्रकाशमा नेचुरल स्किन टोन र सूक्ष्म विवरणहरू अझ राम्रो देखाउने बनाउँछ। साथै, उच्च गुणस्तरको भिडियोलाई प्रभावकारी रूपमा कम्प्रेस गर्नका लागि Advanced Professional Video (APV) मानक समर्थन गर्ने यो पहिलो ग्यालेक्सी डिभाइस पनि हो।
  • एआई-संचालित एडिटिङ टुलहरू: अपग्रेड गरिएको फोटो असिस्टेन्ट सुविधाले प्रयोगकर्तालाई फोटोमा चाहिएको परिवर्तन वर्णन गर्न, हराएका भागहरू पुनःस्थापित गर्न र फोटोमा रहेको पहिरनसमेत परिवर्तन गर्न अनुमति दिन्छ। क्रिएटिभ स्टूडियोले दृश्य सामग्री सजिलै सिर्जना र अनुकूलन गर्न एकीकृत प्लेटफर्म प्रदान गर्छ। सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ, जसमा प्राइभे६ एल्बम, नक्स म्याट्रिक्स सुरक्षा, साथै सात पुस्तासम्मको ओएस अपग्रेड र सात वर्षसम्मका सुरक्षा अपडेटहरू समावेश छन्।
  • स्मार्ट सहायता: नाउ नज (Now Nudge) ले समयमै सान्दर्भिक सुझावहरू प्रदान गर्दै प्रयोगकर्तालाई बिना अवरोध आफ्ना काममा केन्द्रित रहन मद्दत गर्छ। नाउ ब्रिफ (Now Brief) ले प्रयोगकर्ताको सन्दर्भअनुसार प्लेलिस्ट, रिमाइन्डर जस्ता सक्रिय सिफारिसहरू प्रदान गर्छ। यसका साथै, गुगलसँगको सर्कल टू सर्च (Circle to Search) फिचरलाई अपग्रेड गरी एकैपटक धेरै वस्तुहरू पहिचान गर्ने (multi-object recognition) क्षमता थपिएको छ, जसले एउटा तस्वीरभित्रका विभिन्न तत्वहरूलाई एउटै खोजमार्फत सजिलै अन्वेषण गर्न मद्दत गर्छ।

मूल्य र उपलब्धता:

ग्यालेक्सी एस२६ सिरिजको प्रि-अर्डर यहि फागुन २४ गतेदेखि सुरु हुन्छ र ग्राहकहरूले सामसङको वेबसाइटमा गएर भाग लिन सक्छन्। ग्यालेक्सी एस२६ सिरिजमा सबै मोडेलहरूमा एकीकृत डिजाइन रहेको छ, जुन कोबाल्ट भायोलेट र कालो रंगमा उपलब्ध छ।

मोडेलर्याम/स्टोरेजरङमूल्य (प्रति युनिट)
ग्यालेक्सी एस२६ अल्ट्रा१६ जिबी / १ टिबीकोबाल्ट भायोलेट, ब्ल्याकरु. २,९३,९९९
१२ जीबी / ५१२ जीबीकोबाल्ट भायोलेट, ब्ल्याकरु. २,४२,९९९
१२ जीबी / २५६ जीबीकोबाल्ट भायोलेट, ब्ल्याकरु. २,१२,९९९
ग्यालेक्सी एस २६ प्लस१२ जीबी / २५६ जीबीकोबाल्ट भायोलेट, ब्ल्याकरु. १,८२,९९९
ग्यालेक्सी एस २६१२ जीबी / २५६ जीबीकोबाल्ट भायोलेट, ब्ल्याकरु. १,३३,९९९

प्रि-अर्डर अफरहरू:

मोडेलअफरईएमआई सुविधा
ग्यालेक्सी एस२६ अल्ट्रा (१ टिबी वा ५१२ जीबी)रु. १५,००० बराबरको स्टोरेज अपग्रेडप्रति महिना रु. ३६३६ बाट सुरु

२४ महिनासम्मको ईएमआई

ग्यालेक्सी एस २६ अल्ट्रा (२५६ जीबी)रु. १०,००० बराबरको स्टोरेज अपग्रेड
ग्यालेक्सी एस२६/ एस२६ प्लस (२५६ जीबी)रु. ५,००० बराबरको स्टोरेज अपग्रेड

 

प्रकाशित: २४ फाल्गुन २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...