
काठमाडौं ।
वर्षौंदेखि व्हाट्सएप मास म्यासेजहरूले सेवा चाँडै सशुल्क हुनेछ दाबी गरिएका अफवाहहरु बाहिरिएका छन्। यथार्थमा त्यस्तो नभएको र स्पष्ट रूपमा अझै पनि त्यस्तो हुने सम्भावना नभएको बताइएको छ भने मुख्य सेवा निःशुल्क रहने उल्लेख गरिएको छ। तर अब व्हाट्सएपले अब चाँडै नै प्रिमियम टियर प्रस्तुत गर्ने हल्ला बाहिरिएको छ।
व्हाट्सएप प्लस भनिने यो सुविधाले एप थिम, एप आइकन र एक्सेन्ट रङहरू परिवर्तन गर्न धेरै अतिरिक्त अनुकूलन विकल्पहरू प्रदान गर्ने भनिएको छ। त्यसमा १४ नयाँ आइकनहरूका साथै धेरै रङ विकल्पहरू र इन्टरफेस तत्वहरू समावेश रहेको छन्।
थप रूपमा, व्हाट्सएप प्लसले अहिले समर्थित ३ को सट्टा २० च्याटहरू पिन गर्न अनुमति दिनेछ। त्यसैगरी प्रयोगकर्ताले विशेष सब्सक्राइबर–वन्लि रिङटोनहरू पनि प्राप्त गर्नेछन्। समयसँगै विशेष स्टिकरहरू सहित थप सुविधाहरू थप्न सकिने सम्भावनाको पनि उल्लेख गरिएको छ।
यो सुविधा कहिले लन्च हुन्छ वा लागत कति हुनेछ भन्ने बारेमा स्पष्ट विवरण उपलब्ध नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २४ फाल्गुन २०८२, आईतवार