
काठमाडौं ।
रियलमीले भारतमा नार्जो पावर लन्च गरेको छ। कम्पनीको टिजरका आधारमा अनुमान गरेझैं यो रियलमी पी४ पावरको रिब्रान्ड गरिएको संस्करण मात्र भएको र नार्जो पावर कम र्याम-स्टोरेज विकल्पहरू भएको बताइएको छ। रियलमी पी४ पावर मोडेल भने लगभग एक महिना अघि आएको थियो।
नार्जो पावरमा १४४ हर्ज रिफ्रेस रेट र ६,५००–निट पीक ब्राइटनेससहितको ६.८ इन्चको १२८०×२८०० एएमओएलईडी टचस्क्रिन समावेश गरिएको छ। डिभाइसमा मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा एसओसीको साथ ८ जीबी र्याम र १२८÷२५६जीबी स्टोरेज रहेको छ।
नार्जो पावरको क्यामरा सेटअपमा ओआईएस सहितको ५० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड, १६ मेगापिक्सेलको सेल्फी क्यामरा समावेश गरिएको छ। साथै डिभाइसमा ८०वाट वायर्ड र २७वाट रिभर्स वायर्ड चार्जिङको लागि समर्थन भएको १०,००१ एमएएच ब्याट्री रहेको छ।
नार्जो टाइटन सिल्भर र टाइटन ब्लू रङ्गमा उपलब्ध हुनेछ। डिभाइसको मापन १६२.२६ × ७६.१५ × ९.०८ एमएम र तौल २१९ ग्राम रहेको छ। यो एन्ड्रोइड १६ मा आधारित रियलमी यूआई ७.० मा चल्छ। पहिलो बिक्री मार्च १० मा स्थानीय समय अनुसार दिउँसो १२ बजे सुरु हुनेछ।
डिभाइसको १२८ जीबीको मूल्य २७,९९९ भारतीय रुपैयाँ र २५६ जीबीको मूल्य २९,९९९ भारतीय रुपैयाँ रहेको छ। त्यसैगरी पी४ पावरको मूल्य पनि उस्तै रहेको र सुन्तला रङ्गमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २४ फाल्गुन २०८२, आईतवार