
काठमाडौं ।
तीन महिना अघि चीनमा लन्च गरिएको अनर ५०० सिरिज अझै पनि विश्वव्यापी रूपमा उपलब्ध हुन बाँकी नै रहेको छ। तर अनर अब आफ्नो पहिलो ६००–सिरिज डिभाइसको साथ तयार भएको छ। कम्पनीले अनर ६०० लाइट अब आधिकारिक रुपमा अनावरण गरेका छ र पहिले नै मलेसियाका साथै स्लोभाकियामा खुला बिक्री सुरु गरिएको छ।
यो डिभाइसमा एफएचडी+ रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट र ६,५०० निट्स पीक लोकल ब्राइटनेसको साथ ६.६–इन्चको एएमओएलईडी डिस्प्ले समावेश गरिएको छ। उक्त प्यानलमा १६ मेगापिक्सेलको सेल्फी क्यामरा र अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर राखिएको पिल सेप्ड (आकार) को कटआउट पनि रहेको छ।
अनर ६०० लाइटले धुलो र पानी विरुद्ध आईपी६६ इनग्रेस सुरक्षाको साथ एल्युमिनियम फ्रेम र ग्लास ब्याक समावेश गरेको छ।
यो डिभाइस मिडियाटेकको डाइमेन्सिटी ७१०० एलिट चिपसेटको साथमा १२ जीबी र्याम र २५६ जीबी स्टोरेजले सुसज्जित छ। पछाडिको क्यामरा सेटअप अनर ४०० लाइटबाट लिइएको र १०८ मेगापिक्सेलको मुख्य शूटर र ५ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स रहेको छ। त्यसैगरी क्यामरामा द्रुत रूपमा लन्च गर्न, स्टिलहरू वा भिडियोहरू खिच्न र भिज्योल इन्टेलिजेन्स सुविधाहरू सुरु गर्न एआई क्यामरा बटन पनि उपलब्ध गराइएको छ।
सफ्टवेयर पक्षमा एन्ड्रोइड १६ मा आधारित म्याजिकओएस १० द्वारा कभर गरिएको छ र फोनमा ४५वाट वायर्ड चार्जिङको साथ ६,५२०एमएएच ब्याट्री समावेश गरिएको छ।
अनर ६०० लाइट डेजर्ट गोल्ड र भेलभेट ग्रे रङ्गहरूमा उपलब्ध हुनेछ भने मलेसियामा १,२९९ मलेशियन रिङ्गिट (३३० अमेरिकी डलर) र स्लोभाकियामा ३०० यूरो बाट मूल्य सुरु हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ फाल्गुन २०८२, शनिबार