
काठमाडौं ।
एप्पलले बहुप्रतिक्षित नयाँ एम५ प्रो र एम५ म्याक्स चिपसेटहरूको घोषणा गरेको छ। उक्त चिपसेटहरूले नयाँ एप्पल म्याकबुक प्रो १४ र १६ मोडेलहरूमा डेब्यू गरेका छन्।
एम५ प्रो र एम५ म्याक्स दुवैले एप्पलको अल–न्यू फ्युजन आर्किटेक्चर प्रयोग गर्दछन् भने तिनीहरुले उन्नत प्याकेजिङ प्रयोग गरेर टु थर्ड–जेन ३–न्यानोमिटर डाइहरू संयोजन गरेका छन्।
दुईओटा डाइहरूमा नयाँ १८–कोर सीपीयू रहेको र एम५ प्रो/एम५ म्याक्समा साझा गरिनुका साथै स्केलेबल जीपीयू, मिडिया इन्जिन, एकीकृत मेमोरी कन्ट्रोलर, न्यूरल इन्जिन र थन्डरबोल्ट ५ क्षमताहरू समावेश गरिएका छन्।
एम५ प्रो र एम५ म्याक्स दुवैले ६ सुपर कोर र १२ नयाँ पर्फर्मेन्स कोरहरू भएको १८–कोर सीपीयू साझा गर्दछन्। प्रो र म्याक्स दुवैले एउटै सीपीयू कोर कन्फिगरेसन साझा गर्दछन् भने एम४ प्रो र एम४ म्याक्स फरक छन्। प्रोमा कुल १४ कोर, १० पर्फर्मेन्स र ४ इफिसियन्सी रहेको छ भने म्याक्सले १६ कोरहरूको साथ ६ पर्फर्मेन्स र १० इफिसियन्सी समावेश गर्दछ।
एम५ प्रो र म्याक्सको सन्दर्भमा कम्पनीको नयाँ सुपर कोर उद्योग–अग्रणी भएको र बढाइएको ब्यान्डविथ, नयाँ क्यास हाइरारकी र इनहान्स्ड ब्रान्च पे्रडिक्सनद्वारा संचालित सबैभन्दा छिटो सिङ्गल–थ्रेडेड पर्फर्मेन्स हुने एप्पलले बताएको छ।
नयाँ पर्फर्मेन्स कोरहरू प्रो वर्कलोडको लागि राम्रो पावर– इफिसियन्ट, मल्टि–थ्रेडेड पर्फर्मेन्सको लागि अनुकूलित छन्। एप्पलले नयाँ सीपीयूले ४० प्रतिशत सम्म प्रदर्शन बढाउने दावी गरेको छ।
ग्राफिक्सतर्फ एम५ प्रो २०–कोर जीपीयू र १६–कोर न्यूरल इन्जिनको साथ आउँछ भने एम५ म्याक्सलाई ३२–कोर जीपीयू वा ४०–कोर जीपीयूसँग कन्फिगर गर्न सकिनेछ।
प्रत्येक ग्राफिक्स कोरमा न्यूरल एक्सेलेरेटर र उच्च एकीकृत मेमोरी ब्यान्डविथ रहेको छ। एप्पलले नयाँ जीपीयूले एम४ प्रो र एम४ म्याक्सको तुलनामा एआईको लागि पीक कम्प्युट ४ गुणा बढाउने बताएको छ। साथै नयाँ एम५ प्रो/म्याक्स जीपीयूले रे ट्रेसिङमा ३५ प्रतिशत वृद्धि प्रदान गर्नेछ।
उच्च मेमोरी ब्यान्डविथको कारण १६–कोर न्यूरल इन्जिन पनि छिटो भएको उल्लेख गरिएको छ।
एम५ प्रो र एम५ म्याक्स मार्च ४ देखि म्याकबुक प्रो १४ र १६ ल्यापटप भित्र प्रि–अर्डरको लागि उपलब्ध भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार